• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सडक निर्माणको माग गर्दै राजविराजका मुख्य सडक अवरुद्ध 

सडक निर्माणको माग गर्दै राजविराजका मुख्य सडक अवरुद्ध 
न्यूज टुडे
राजविराज,२० जेठ । 
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार सडक निर्माणको माग गर्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका छन् । ठेकेदार कम्पनीले सडक निर्माणको काम पूरा नगरेको भन्दै स्थानीय युवाहरूले बिहादेखि सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
युवाहरूले सडकमा टायर बालेर  विभिन्न नारा लगाउँदै प्रदर्शन समेत गरेका छन । कान्छाराम कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का लिएर पनि लामो समयदेखि अधुरा राख्दा दुर्घटनासहितका जोखिम भइरहेको बाध्य भएर चक्काजाम गर्नु परेको उनीहरुले बताए ।
सडक निर्माणको काम अविलम्व सकाउन ध्यानाकर्षण गराउन पटक-पटक सडक संघर्ष गर्दा पनि तीनै तहको सरकारले चासो नदिएको संघर्षरत युवाहरूको कथन छ ।
स्थानीय जनआन्दोलन चौकदेखि राम मन्दिरसम्मको करिब २ सय मिटर सडक ठेकेदारले अधुरै छाडेको स्थानीयले बताएका छन् । स्थानीयले राजविराजको मुख्य सडक अवरूद्ध गरेपछि सवारी आवागमन प्रभावित भएको छ । 
यसअघि पनि स्थानीयले सोही सडक निर्माणको माग राखी राजविराजस्थित मुख्य सडकमा चक्काजाम गरेका थिए ।