• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेस प्रदेशमा विपन्नका लागि निशुल्क कानुनी सहायता: मुख्य न्यायाधिवक्ता महतो 

मधेस प्रदेशमा विपन्नका लागि निशुल्क कानुनी सहायता: मुख्य न्यायाधिवक्ता महतो 
न्यूज टुडे
राजबिराज, १६ जेठ । 
मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महताेले असहाय, गरिब, बिपन्नहरूकाे लागि निशुल्क कानुनी सहायता  प्रदान गर्दै आएकाे बताएका छन् ।  सप्तरीको महादेवा गाउँपालिका न्यायीक समितिद्वारा महादेवा गाउँपालिका १ स्थित पकरीमा शुक्रबार आयोजित समुदायमा मुख्य न्यायाधीव्क्ता सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
सम्वाद कार्यक्रम सहभागीहरु। फोटो : न्यूज टुडे
उनले मधेश प्रदेश सरकारकाे कानुन निर्माण तथा सरकारलाई सुझाव सल्लाहलगायत सरकारमाथि लाग्ने मुद्वा सवालमा सरकारकाे तर्फवाट काम गर्ने गरेकाे बताए । न्यायाधिबक्ता महतोले ८ वटै जिल्लामा नि शुल्क कानुनी उपचारका लागि प्रदेश कानुनी सहायता अधिकृत कार्यालय स्थापना गरेेर सेवा दिईरहेकाे बताए।
 मेलमिलाप माध्यमवाट  समुदायमा एकता कायम राख्न समुदायमा सबै मिलेर एकजुुट बनाउने काम महादेवा गाँउपालिका न्यायक समितिले गरेको भन्दै प्रशंसा गरे ।संघियाताले स्थानीय सरकार बलियाे वनेकाे भन्दै स्थानीय पालिकाहरूले आफनाे कानुन आफै बनाउने अधिकार रहेकाे उनले बताए । 
 महादेवा गाउँपालिकाकी उपाध्यक्ष एवम्  न्यायीक समिति संयोजक अर्चना यादबले न्यायीक समिति जिम्मेवारीको बाटोमा हिँडेकाले यसले जनतामा आशा र उत्साह बढाइरहेको धारणा राखिन ।
 ‘न्यायीक समितिले जनतामा विश्वास र अनुभूति दिएको ‘ छ’, उनले भनिन् ‘उद्देश्य र नियत राम्रो छ, राजनीतिक चरित्रको भएको हुँदा निष्पक्षताको पाटोमा विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ।’
उपाध्यक्ष यादबले न्यायीक समिति र जिल्ला अदालत तथा कानुनी सहायता अधिकृतकाे कार्यालय बीच निरन्तर समन्वय हुनुपर्नेमा जाेड दिईन।
संवाद कार्यक्रममा समाजसेवी हजरत अलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र अस्पतालमा निमुखा जनताले सहज सेवा नपाएकाे गुुनासाे गरे।
‘गरिव, बिपन्न, निमुखाले यस्ता सरकारी निकायवाट कसरी सहज सेवा र निशुुल्क कानुनी उपचार पाउछ उनले भने, ‘जब सम्म पैसा दिईदैन तब सम्म त्यस्ता निकायवाट सेवा पाउन सकेकाे छैन ।’
स्थानीय युवा अरूण यादबले संघीय व्यवस्था राजतन्त्र भन्दा कडा शासन  भएकाे  बताए ।
 ‘अहिले पनि  जनताले सहज रूपमा सेवा प्राप्त गरेकाे छैन’ उनले भने,’पालिकाले गर्ने याेजना र बिकासकाे बारेमा पारदर्शिता, सुशासन कायम हुन सकेकाे छैन ।’
स्थानीयवासी  देव नारायण यादबले स्थानीय सरकारले गर्ने बिकासिय काममा निगरानी नहुदाँ ब्यापक, अनियमितता, भष्टाचार हुने गरेकाेले पारदर्शिता गर्नुपर्नेमा जाेड दिए।
कार्यक्रममा महादेवा गाउँपालिका प्रमुुख प्रशासकीय अधिकृत राजकिशोर साह,महादेवा गाउँपालिका वडा  नम्बर १ का अध्यक्ष जसाेधर दास, वडा २ का अध्यक्ष जागेश्वर ईसर, वडा ३ का अध्यक्ष राम कुमार यादब, कानुनी सल्लाहाकार केशव दास, युवा नेता सुरेन्द्र यादब लगायतले न्यायीक समितिले दिने सेवा समुदायस्तरमा बिस्तार गर्नुपर्नेमा जाेड दिए।