• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा विभिन्न मुद्दाका सात प्रतिवादी पक्राउ

सप्तरीमा विभिन्न मुद्दाका सात प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज, १६ जेठ ।
सप्तरीमा विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ परेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
 जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बहुविवाह मुद्दामा १ बर्ष कैद र ८ हजार जरिवाना तोकिएका राजविराज नगरपालिका ४ का राजेश अग्रवाल, अपहरण उधोग मुद्दामा १ बर्ष ५ महिना ६ दिन कैद सजाय तोकिएका डाक्नेश्वरी नगरपालिका १ का रासलाल साह, सोही नगरपालिका ४ का मलाबक्स मियाँ छन् । 
यसैगरी चौपाया चोरी मुद्दामा १७ दिन कैद,१ हजार २ सय जरिवाना तोकिएका शम्भुनाथ नगरपालिका ७ का विकाश चौधरी,कुटपिट लुट्पिट मुद्दामा ५ दिन कैद र १३ हजार जरिवाना तोकिएका बोदेबर्साइन नगरपालिका १ का परशुराम चौधरी, कुटपिट लुटपिट मुद्दामा १ हजार जरिवाना तोकिएका तिलाठी कोइलाडी गाउँपालिका ४ का बलराम खंग र सोही स्थानका सुमिन्द्रा देवी खंग रहेका छन् ।  
सप्तरी जिल्ला अदालत राजविराजबाट बारदात पश्चात् फरार उनीहरुलाई खोजतलास गरी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि शुक्रबार अदालत दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।