• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कृते कगजपत्र खडा गरि जग्गा हड्प्न खोजेको आरोप

कृते कगजपत्र खडा गरि जग्गा हड्प्न खोजेको आरोप
न्यूज टुडे
राजविराज, १३ जेठ । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ का बालकृष्ण खड्गाले आफ्नो तीनपुस्तादेखिको मोही दर्ता रहेको जग्गा कृते कागजपत्र  खडा गरी हड्प्ने प्रयास भएको आरोप लगाएका छन् ।  खड्गाले राजविराजमा मंगलबार पत्रकार सम्मेलन गर्दै तत्कालीन वडा सचिब महेन्द्र मुखियासहितको मिलोमतोमा कृते कागजात खडा गरि स्थानीय लाल मोहन झा, अरविन्द झा, विनिता कुमारी झासहितकाले जग्गा हड्प्ने प्रयास गरेको आरोप लगाएका हुन् । 
हजुरबुबा जगु खड्गाको पालादेखी नै भोगचलन गर्दै आएको १२ कठ्ठा १८ धुर जगा बुवा रामस्वरुप खड्गाले २००४ सालमा मोही दर्ता गरि भोगचलन गर्दै आएको जग्गा कृते गरेर हड्प्ने प्रयास गरेको पत्रकार सम्मेलनमा खड्गाले बताए । तिरो बुझाउँदै अहिलेपनि आफूले हकभोग गरिएको जग्गा देबेन्द्र कायस्थ र उनको छोरा सोभालाल कायस्थको कृते कागतपत्र खडा गरी झा परिवारको नाममा नामसारी गरेको कागजात देखाउँदै खड्गाले कृते कागजपत्र बनाउनमा तत्कालीन वडा सचिब मुखियाले प्रमुख भुमिका निर्वाह गरेको दावी गरे । 
जग्गा हड्प्न संलग्नहरुले वडामा कहिल्यै कर्मचारी नभएका मटर साह हलुवाईलाई कार्यालय सहयोगी बनाएर कृते गरि जग्गा कब्जा गर्न खोजेको उनले बताए । 
 ‘कार्यालय सहयोगीको दर्जा दिइएको हलुवाई मेरो छेउमै हुनुहुन्छ, हलुवाइलाई देखाउँदै उहाँ कहिल्यै साविक गाविस भारदह र हाल हनुमाननगर कंकालिनी नगरपालिका १ को कर्मचारी नै थिएनन् ,  वडाले पनि कुनैपनि समय हलुवाई कर्मचारी नभएको भनी प्रामाण दिएको छ’ खड्गाले भने,” यस्तो झुठो विवरणको आधारमा  कसैको दवाव र प्रभावमा परी भुमी सुधार कार्यालय सप्तरीले मोही दर्ता खारेज गरेको भनि गरिएको फैसला अन्यायपूर्ण र आपत्तिजनक छ।’
भुमीसुधार कार्यालय सप्तरीका प्रमुख लक्ष्मी प्रसाद खरेललाई भेटेर कार्यालयको लेटर प्याड बिना सामेल नै नभएको व्यक्तिको नाम राखी कृते गरेर झुठो विवरण पेश भएको बारे प्रमाणसहित पटकपटक भेटेर लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा सुनुवाइ नभएको खड्गाले  गुनासो गरे । 
भुमी सुधार कार्यालयका सुब्बा रामनारायण भिन्दावारले विपक्षीहरुको पक्षमा फैसला गरेको जानकारी गराउँदा आफु सार्है दुखी भएको बताउँदै खड्गाले कृते विवरण तयारीमा संलग्न व्यक्तिहरु तथा  गलत कागजपत्रको आधारमा मुद्दा फैसला गर्ने मालपोत प्रमुख खरेलमाथि छानवीन गरि कारबाहीको माग गरे । 
 आफ्नो मोही दर्ता कायमका लागि पहल तथा न्यायका लागि संचारकर्मी तथा सम्पूर्ण सरोकारवालाहरुलाई पहल गरिदिन पत्रकार सम्मेलनमा उनले आग्रह समेत गरे । उनले आफ्नो जग्गा बइमानी भएकोले न्यायका लागि न्यायीक निकायमा जाने जानकारी दिए । 
पत्रकार सम्मेलनमा बोल्दै मटर साह हलुवाइले आफू कहिल्यै पनि सरकारी कर्मचारी नभको बताए ।  लामो समयदेखि ठेलामा चटपटी पसल गर्दै आएको जानकारी गराउँदै हलुवाईले कुनै साइनो सम्बन्ध नरहेको कार्यालयको कर्मचारी बनाएर आफ्नो सही कृते गरिएको स्पष्ट पारे । 
उनले जग्गा कृते गर्ने कार्यमा संलग्न परिवार भित्रका ज्वोती झाले आफू कर्मचारी भएको साकार गर्न दवाव दिन र प्रभावमा पार्न खोजेको आरोप लगाए ।  उनले आफ्नो दस्तखत दुरुपयोग गरि बदनाम गर्ने कार्यमा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरे । 
हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कार्यरत तत्कालीन भारदह गाविसका प्राविधिक तथा सचिब मुखियासंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।