न्यूज टुडे
राजविराज,१२ जेठ ।
सप्तरीसहित मिथिला क्षेत्रमा।सोमबार महिलाहरुले वटसावित्री अर्थात् वरसाइत पर्व हर्षोउल्लासको साथ मनाएको छ । नवविवाहित महिलाहरुले पतिको दिर्घायू तथा सन्तान प्राप्तिको कामना गर्दै यो पर्व मनाएको हो ।
विवाहित महिलाहरूले मनाउने यो पर्वका कारण वरको रुख मुनी बिहानैदेखि भीड लागेको थिए । पर्वमा महिलाहरू नयाँ सारी, चोलोलगायतका,शृङ्गारका समानका साथै पूजाको सामग्री लिएर बरको पूजा गर्ने गर्छन् ।
वटसावित्री पर्वलाई नारीत्व रक्षा, सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिइने गरिन्छ । मिथिला संस्कृतिमा यो पर्व आदर्श नारित्वको प्रतीक बनेको छ । यो पर्व मिथिलाञ्चलमा प्रत्येक वर्ष जेठ महिनाको औँसी तिथिमा मनाइने गरिन्छ ।
हिन्दू धर्ममा पीपलको बोट जस्तै वरको बोटको पनि उत्तिकै महत्त्व रहेको छ । वरको बोट आफ्नो विशालताका लागि प्रसिद्ध छ । दार्शनिक दृष्टिबाट वरको बोट दीर्घायु तथा अमरत्व बोधको प्रतीकका रूपमा स्वीकार गरिएको छ ।
वटसावित्री पर्वको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका, महादेवा गाउँपालिकासहितका मिथिलाञ्चलका विभिन्न स्थानीय तहले महिलाहरुको लागि स्थानीय विदा दिएका छन् ।