• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आम सञ्चारको उपलब्ध सुविधा उपयोग गरौं :  अध्यक्ष खड्गा

आम सञ्चारको उपलब्ध सुविधा उपयोग गरौं :  अध्यक्ष खड्गा
न्यूज टुडे
राजविराज, ०७ जेठ । 
 आम सञ्चार प्राधिकरण मधेस प्रदेशका नवनियुक्त अध्यक्ष जितेन्द्र खड्गाले आम सञ्चार प्राधिकरणले मिडिया तथा पत्रकारको लागि उपलब्ध गराएको सुविधा उपयोग गर्न आग्रह गरेका छन् ।  आम सञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएपछि पहिलो पल्ट गृह जिल्ला सप्तरीको राजविराजमा बुधबार पत्रकारहरुसंग भेटघाट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 
कार्यक्रममा बोल्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका निबर्तमान अध्यक्ष यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष खड्गाले हाल आम सञ्चार प्राधिकरणले मिडिया र पत्रकारहरुको लागि उपलब्ध गराएको सुबिधा संतोषजनक नभएपनि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।  निबर्तमान अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो कार्यकालमा पत्रकारहरुको सुविधाको लागि अनुकरणीय कार्यहरु गरेको स्मरण गर्दै अध्यक्ष खड्गाले  त्यसैलाई निरन्तरता दिदै थप सेवा सुविधा बढाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटघाट कार्यक्रममा सहभागी पत्रकारहरु । फोटो : न्यूज टुडे
मधेसका मिडियाहरुलाई  थोरै भएपनि लोककल्याणकारी विज्ञापान उपलब्ध गराउने, दुर्घटना विमा सुविधालगायतका धैरै नीतिगत समस्याको समाधान गर्ने कार्य निबर्तमान  अध्यक्ष यादवबाटै भइसकेको चर्चा गर्दै उनले यसअघि भएका अधुरो कार्यहरुलाई सम्पन्न गर्दै  पत्रकारहरुकै सल्लाह सुझावलाई पूरा गर्न प्रयत्नशील रहने बताए । 
उनले दुर्घटना विमाले पत्रकारभन्दा विमा कम्पनीले फाईदा उठाइरहेको टिप्पणी गर्दै यसलाई पुनरविचार गर्नु जरुरी रहेको उल्लेख गरे ।  उनले पत्रकारहरुलाई प्रत्येक्ष फाइदा हुने किसिमले दुर्घटना विमासंगसंगै  पत्रकार जीवन विमाका लागि नीति अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 
अहिले आम सञ्चार प्राधिकरणबाट प्राप्त सुविधालाई अधिक्तम उपयोग गरि थप सुविधाका लागि एकबद्व भएर लाग्नुपर्ने खड्गाको भनाइ थियो । 
निबर्तम्मन अध्यक्ष श्यामसुन्दर यादवले आम सञ्चार प्राधिकरण  सुधारन्मुख अबस्थामा रहेपछि अझैपुर्ण रुपमा व्यवस्थित भइ नसकेको बताए । धैरै खाले नीतिगत  समस्यालाई समाधान गरिएको तथा अझैपनि महत्त्वपूर्ण नीतिहरु विचारधीन अबस्थामा रहेको उल्लेख गर्दै उनले पूर्ण रुपले कानून नियमावली तथा कार्यविधि पास नभएसम्म कसैले चाहेर पनि मिडिया र पत्रकारको पक्षमा सोचे अनुसारको काम गर्न नसक्ने जिकिर गरे ।
कानून अभावले अनलाइन मिडिया दर्ता  तथा नविकरण गर्ने, अन्य सुविधा बढाउने जस्ता कार्यमा समस्या आएको बताउँदै उनले मौजुदा ऎन कानून, नियमावलीलाई संशोधन  गर्दै थप कानून निर्माण गर्न अतिआवश्यक रहेको उल्लेख गरे । 
पत्रकारहरुको सुविधा बढाउन  पत्रकारहरुले नै भुमिका निर्वाह नगरेको उल्लेख गर्दै उनले  मिडिया र पत्रकारिताको पक्षमा बजेट वृद्धि तथा आवश्यक कानून, नीति, नियमावली तथा कार्यविधि निर्माणमा पत्रकारहरुले खबरदारी गर्नुपर्ने बताए । 
वरिष्ठ पत्रकार शिव नारायण साह (सुरज) ले व्यवस्था परिवर्तनका लागि मिडिया र पत्रकारहरुले दिएको योगदान सत्ता र पदमा पुगेपछि विर्सिने गर्दा पत्रकारिताको अवस्था जटिल बन्दै गएको गुनासो गरे । अहिलेको अबस्थामा स्थानीय मिडियाहरु संकटमा परेको बताउँदै उनले मिडियाको वृत्ति विकासका लागि स्थानीय तहले स्थानीय मिडियालाई विज्ञापन उपलब्ध गराउनुपर्नेमा जोड दिए । 
जिल्लाको विज्ञापन जिल्ला बहिर जाने परिपाटी नरोकिएसम्म स्थानीय मिडिया र पत्रकारहरुको अबस्थामा कहिल्यै  सुधार आउन नसक्ने उनको भनाइ थियो । 
भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकार महासंघका केन्द्र तथा जिल्ला शाखा पदाधिकारी, पुर्व अध्यक्षहरु तथा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति थियो ।