• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गृहमन्त्री लेखी शिलान्यासमा व्यस्त,  एकैदिन  गरे ८ योजनाको शुभारम्भ

गृहमन्त्री लेखी शिलान्यासमा व्यस्त,  एकैदिन  गरे ८ योजनाको शुभारम्भ
उत्तम आचार्य 
कन्चनरुप , ०६ जेठ ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कनूनमन्त्री राजकुमार लेखी आर्थिक बर्षको अन्त्यमा विभिन्न योजना शिलान्यासमा व्यस्त रहेका छन् ।  आव २०८२/०८३ को योजना नीति तथा कार्यक्रम ल्याउने पूर्वसन्ध्यामा मन्त्री लेखी सप्तरी स्थित आफ्ना निर्वाचन क्षेत्रमा मंगलबार  विभिन्न पूर्वाधार निर्माण योजनाको शिलान्यासमा व्यस्त भएका हुन् । 
 सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र (क) का ३ पालिकामा मन्त्री लेखी केही दिन यता पूर्वाधार विकास निर्माण कार्यको शिलान्यासमा सक्रिय रहेका छन् । 
 मन्त्री लेखीले मंगलबार मात्र  ८ वटा योजनाको शिलान्यास गरेको स्थानीयले बताएका छन् ।  प्रदेश सरकारको चालू आ.व. २०८१/०८२को बार्षिक स्वीकृत कार्यक्रममा आफ्नो विशेष पहलमा समावेश भएका विभिन्न आयोजनाहरुको मन्त्री लेखीले शिलान्यास गरेको स्थानीय जनाएको छ । 
 स्थानीयबासीका अनुसार  सप्तकोसी २ स्थित सत्यनारायण टोलमा ८० लाखको लागतमा सडक आरसीसी ढलान, ३५ लाखको लागतमा सप्तकोसी १० स्थित राष्ट्रिय मावि मलाह टोलमा भवन निर्माण स्तरोन्नती कार्य,  २५ लाखको लागतमा सप्तकोसी १० हटियामा रहेको रामजानकी मन्दिरको स्तरोन्नती कार्य , ३५ लाखमा निर्माण हुने जनता माविको अधुरो भवन निर्माण कार्यको मन्त्री लेखीले शिलान्यास गरे। 
 यसैगरी कन्चनरुप ११ स्थित ठेलियामा ३० लाखको लागतमा  भुवन माबिको स्तरोन्नती कार्य ,कन्चनरुप ८ स्थित ४० लाखको लागतमा हटियाटो सुरेश स्टुडियोको घरदेखि छत्र बहादुर सिजापतिको घरसम्म नाला निर्माण कार्य, ३५ लाखको लागतमा अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय मावि रतवालाको अधुरो भवन निर्माण  कार्य  र  ३५ लाखको लागतमा कन्चनरुप ३ स्थित शंकर माविको स्तरोन्नती कार्यको मन्त्री लेखीले शिलान्यास गरेको स्थानीयले जानकारी दिए । 
 मन्त्री लेखीले विभिन्न योजनाको शिलान्यास गर्दै दिगो बिकास र समृद्द नेपालको परिकल्पनालाई आत्मसाथ गर्दै उपभोक्ता समितीहरुलाई प्राविधिक मापदण्ड बमोजिम गुणस्तरीय र ठोस काम गर्न निर्देशन समेत दिए।
यसअघि मन्त्री लेखीले आफ्नो निर्वाचन क्षेत्रका पालिका अन्तर्गतमा एकै दिन ७ वटा योजनाको शिलान्यास गरेका थिए ।