• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार मण्डल र चमन वीचको विवाद टुङ्गियो

पत्रकार मण्डल र चमन वीचको विवाद टुङ्गियो
न्यूज टुडे
राजविराज, ०५ जेठ । 
समाचार लेखेको विषयलाई लिएर आपत्तिजनक शब्दको प्रयोग गरी सामाजिक संजालमा पोष्ट गरेको  सामाग्री सन्तोष कुमार चमनले हटाएपछि  पत्रकार कृष्ण कुमार मण्डलसंग भएको विवाद टुङ्गिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति पदाधिकारीको रोहवरमा शाखा कार्यालयमा सोमबार दुबैजनालाई राखी छलफल गरि विवाद टुग्ङ्गो लगाएको हो । 
चमनले गल्ती स्वीकार गर्दै आत्मालोचना गरि आफ्नो व्यक्तिगत फेसबुक आइडिमा पोष्ट गरिएको  सामाग्री हटाउने  सहमतिपछि विवाद टुङ्गिएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ शाखा कार्यसमितिको बैठकबसी विवाद निरुपणका लागि  आपसी सहमतिबाट समाधान खोज्ने निर्णय  अनुसार विवाद टुङ्ग्याएको  उनले जानकारी दिए । 
लेखापढी व्यवसायी  प्रमाणपत्रका लागि  सप्तरी जिल्ला बार एकाईलाले निर्धारित शुल्क भन्दा ५ हजार रुपैया आवेदनबापत गैरकानुनी असुल गरेको भिडियो र समाचार पत्रकार मण्डलले आफ्नो अनलाइनबाट  प्रशारण गरेका थिए । बारकी कोषाध्यक्ष निलम कुमारी यादवले गैरकानुनी असुलीको बचाउ गर्दै चमनले मण्डलको नामै किटेर धम्कीपुर्ण  आपत्तिजनक अपशब्द  प्रयोग गरि फेसबुकमा पोष्ट गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज) सप्तरीका अध्यक्ष  एवम् नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक सचिब समेत रहेका मण्डललाई समाचार लेखेकै निहुँमा धम्कीपुर्ण अपशब्दको निन्दा गर्दै आधादर्जनबढी संघसंस्थाले आपत्ति  जनाएका थिए ।