न्यूज टुडे
राजविराज, ०३ जेठ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश समितिले समाचार लेखेकै कारण नेपाल आदिवासी जनजाती पत्रकार महासंघ( फोनिज) जिल्ला कार्य समिति सप्तरीका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यबाहक सचिब कृष्ण कुमार मण्डललाई धम्की दिने सन्तोष कुमार चमनलाई कारबाही गर्न माग गरेको छ । प्रदेश समिति अध्यक्ष दुष्यन्त चौधरी र महासचिव बृजमान तामाङले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चमनलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न स्थानीय प्रशासनसंग जोडदार माग गरेको हो ।
फोनिज मधेस प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्तिमा सप्तरी जिल्ला अदालत बारकी काेषाध्यक्ष निलम कुमारी यादवका दाजु सन्तोष कुमार चमनले दिएको धम्कीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘ चमनले पत्रकार मण्डललाई पत्रुकार, ब्लाकमेलर लगायतका थुप्रो उपनाम प्रयोग गरिएको आपत्तिजनक र अपमानजनक शब्द अति निन्दनीय र पत्रकारलाई होच्याउने, हतोत्साहित गर्ने र चरीत्र हत्या गर्ने मनसायबाट प्रेरित भएर गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको ठहर छ ।’ महासंघद्वारा जारी प्रेस विज्ञप्ति उल्लेख छ
कुनैपनि मिडिया वा पत्रकारद्वारा सम्प्रेषण गरेको समाचार सामाग्रीमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्न पाउने कानूनी व्यवस्थालाई चुनौती दिने गरि गरिने कुनैपनि गतिविधि हाम्रो संगठनलाई सह्य नहुने अध्यक्ष चौधरी र तामाङद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ ।
सप्तरी जिल्ला अदालत भित्र लेखापढी दर्खास्त फारम भर्न गैरकानुनी रुपमा जिल्ला बारका काेषाध्यक्ष निलम कुमारी यादवले रु ११० रुपैयाँको साटाे रु ५११० लिएको समाचार पत्रकार मण्डलले सार्वजनिक गरेपछि बहिनीले गरेको अनियमितताको ढाकछोप गर्न चमनले समाचार लेखेको निहुँमा पत्रकार मण्डलमथि गरेको हर्कत प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर प्रेस विज्ञप्तिमा गरेको छ ।
पत्रकार मण्डलका अनुसार एउटा शिक्षक ,मबिब क्याम्पसमा पनि कार्यरत रहँदै उच्च बारकाे पनि सदस्य तथा पिएचडी गरि मर्यादित पेशामा रहेका व्यक्तिले जिल्ला बारकाे काेषाध्यक्ष समेत रहेकी बहिनीको गैरकानुनी असुली धन्दालाई बढावा दिने तथा पत्रकारमाथि प्रयोग गर्ने आपत्तिजनक कार्य कुनैपनि शब्दबाट निन्दा गर्दा समेत कमै हुन्छ’ फोनिज प्रदेश समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ भ्रष्टाचारको बचाउ गर्दै पत्रकारिता क्षेत्रकै बदनाम हुने गरि पत्रकार मण्डलको चरित्र हत्या गर्ने कार्यमा संलग्न चमनलाई पक्राउ गरि कानूनी दायरमा ल्याउन स्थानीय प्रहरी प्रशासनसंग जोडदार माग गर्द्छौ ।’
दुर्व्यवहारपूर्ण आपत्तिजनक शब्द प्रयोग गरि चरीत्र हत्यामा संलग्न व्यक्तिलाई कडा कारबाहीका लागि पहल लिन सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रेस विज्ञप्तिमा पत्रकार मण्डलले न्याय नपाए संघर्षमा उत्रिने चेतावनी समेत दिइएको छ ।
‘पत्रकार मण्डललाई न्याय दिलाउन पहल गरिदिन नेपाल पत्रकार महासंघसहितका सरोकारवाला निकायहरुसंग यसै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउंदछौ । अन्यथा हाम्रो संगठन प्रहरी प्रशासन विरुद्ध संघर्षमा उत्रिन।बाध्य हुने छ ।’ फोनिज मधेस प्रदेशद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ
पत्रकार मण्डलले सप्तरी जिल्ला अदालत भित्र लेखापढी दर्खास्त फारम भर्न गैरकानुनी रुपमा जिल्ला बारका काेषाध्यक्ष यादवले रु ११० रुपैयाँको साटाे रु ५११० लिई प्रत्येक निवेदकबाट ५ हजार रुपैया गैरकानुनी असुल गरेको समाचार र भिडिओ आफ्नो अन्लाईनबाट सार्वजनिक गरेका थिए ।