• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अडियो

बजेट निकासा नछोड्दा दिवाखाजा तथा पठनपाठन प्रभावित

बजेट निकासा नछोड्दा दिवाखाजा तथा पठनपाठन प्रभावित
रामनाथ यादव
राजविराज , ३१ वैशाख ।
नयाँ शैक्षिकसत्र शुरु भएकाे दुई महिना वितिसक्दा पनि नगरपालिकाले बजेट निकासा नछोड्दा राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुमा दिवाखाजा र पठनपाठन प्रभावित भएको छ । बजेट अभावका कारण बालबालिकाको दिवा खाजा ठप्प हुनुकोसाथै  समयमा पाठयपुस्तक वितरण नहुँदा पठनपाठन प्रभावित भएको हो । 
पुस्तक लिदै राजदेवी माविकी छात्रा । फोटो : न्यूज टुडे
राजविराज नगरपालिका अन्तर्गत रहेकाे सामुदायिक विद्यालयहरुमा दुई महिना वितिसक्दा पनि दिवाखाजा र पाठयपुस्तककाे रकम निकासा नछोडेको विद्यालयहरुले जनाएको छ । बजेट विद्यालयहरुकाे खातामा नपठाउँदा दुई महिना देखि दिवाखाजा बन्द गर्नुपरेको तथा  वालवालिकाहरुलाई पाठयपुस्तक उपलब्ध गराउन नसकिएको एक शिक्षकले बताए । उनका अनुसार पाठ्यपुस्तक अभावका कारण विद्यार्थीहरु विद्यालय आएर त्यसै घर फर्कन वाध्य भएका छन् ।
नगरपालिकाले बजेट उपलब्ध  नगाएपनि केही सामुदायिक विद्यालयले भने  पाठ्यपुस्तक पसलबाट उधारो लिएर काम चलाइ रहेको शिक्षकहरु बताउँछन्।  समयमा किताब व्यापारीलाई भुक्तानी दिन नसक्दा गाली समेत खानु परेकाे एक शिक्षकले दुखेसो सुनाए । 
राजविराज नगरपालिका १ स्थित राजदेवी ठाकाेदेवी जाेगेन्द्र भगत माध्यमिक विद्यालयमा वुधवार ९ कक्षा वाहेक  कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ ।
 पसलबाट उधारो किताब ल्याएर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले बताए ।  अहिलेसम्म नगरपालिकाले पाठयपुस्तक र खाजाकाे रकम निकासा नगरिएको प्रधानाध्यापक यादवले जानकारी दिए ।  विद्यार्थीहरुकाे मनाेवल घटन थालेपछि उधारो किताब ल्याएर विद्यार्थीहरुलाई वितरण गराएकाे उनले वताए ।
उनले दुई महिना वितिसकेपनि कक्षा आठकाे रिजल्ट आउन नसकेकाे बताए । किताब नपाएपछि पठनपाठनमा समस्या भएको एक विद्यार्थीले गुनासो गरे । पाठ्यपुस्तक समयमा उपलब्ध नहुँदा अध्ययन गर्न असहज भएको उनको भनाइ छ । 
विद्यालय नियमित सञ्चालन भइरहेपनि पाठ्यपुस्तक अभावले विद्यार्थी अन्योलमा परेको शिक्षकहरुको भनाइ छ ।
 राजविराज नगरपालिकाका शिक्षा शाखा संयाेजक भगवती विकले विहिवार सम्पूर्ण विद्यालयहरुकाे खातामा बजेट निकासा हुने जानकारी दिए ।