• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आमा र भाइले लगाएको आरोप निरधार : शिवकुमार

आमा र भाइले लगाएको आरोप निरधार : शिवकुमार

न्यूज टुडे 

राजविराज, ३० बैशाख । 
सप्तरीको विष्णुपुर गाउँपालिका ६ का शिवकुमार यादवले आइडियल सहकारी संस्थाबाट आफूले १ करोड ॠण लिएको आमा र भाइले लगाएको आरोप निरधार रहेको दावी गरेका छन् ।  यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आमा शम्भुदेवी यादव र भाइ सचिनले कसैलाई जानकारी नदिई सहकारीमा जग्गा धितो राखी ॠण लिएको भनी लगाएको आरोप निरधार रहेको दावी गरेका हुन् । 
झुक्याएर सहकारी संस्थाबाट ॠण लिएको भनी आमा र भाइले पत्रकार सम्मेलन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको शिवकुमारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आफैले लिएको ॠणको भारी मलाई बोकाउन तथा मेरो चरित्र हत्या गर्न आमा र भाइले यस्तो निरधार आरोप लगाएको उनको दावी छ । 
पैतृक सम्पत्ति कहिले नचालएको तथा सहकारीमा झुक्याएर जग्गा  धितो राखी ॠण लिएको भन्ने कुरामा कुनै सत्यता नरहेको शिवकुमारले विज्ञप्तिमा दावी गरेको छ । आमाभाई  र बुवा कुसुमलालले थाहै नदिई दीदीको  नाममा  पैतृक सम्पत्ति दानपत्र गरिदिएको र अहिले आफ्नै कमाइले परिवार चलाउदै आएको शिव कुमारले विज्ञप्तिमा जनाइएको छ । 
गलतबाटोमा लागेको  मेरो भाई सचिनको बहकाबमा परेर मलाई आमा बुवाले सधै हेलचेक्राई गर्दै आएको र पत्रकार सम्मेलनमा जसरी आफुहरुको कुनै सम्पत्ति छैन भनेर दावी गरिएको कुरा सरासर झुठो रहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
प्रैतृक सम्पत्ति पुर्खौली गाउँ, काठमाडौ शहर तथा गाउँमा १ तल्ले पक्की घर रहेको उल्लेख गर्दै भाइले छोराको अपहरण गर्ने पटकपटक धम्की दिएको भन्दै शिवकुमारले जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षाको समेत माग गरिएको छ। 
सोमबार पत्रकार सम्मेलन गर्दै शिवकुमारकी आमा शम्भुदेवी र भाइ सचिनले आइडियल सहकारी संस्था राजविराजसंगको मिलोमतोमा झुक्याएर ॠण लिएको आरोप लगाएका थिए ।