• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अधिवक्ता अमर वहादुर पाण्डेलाई काशीराज गंगादेवी पुरस्कार 

अधिवक्ता अमर वहादुर पाण्डेलाई काशीराज गंगादेवी पुरस्कार 
रामनाथ यादव
राजविराज,२६ वैशाख । 
वरिष्ठ अधिवक्ता अमर वहादुर पाण्डेलाई काशीराज गंगादेवी स्मृति पुरस्कार प्रदान गरिएको छ । नेपाल वार एशाेसिएसन राजविराज उच्च अदालतद्वारा राजविराजमा शुक्रबार ७३ औ कानून दिवसको अवसरमा पाण्डेलाई नगद १५ हजार राशीको पुरस्कार प्रदान गरिएको हो । 
उच्च अदालत वार एशाेसिएसनका अध्यक्ष हरेराम यादवकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर-राजविराजका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले  पाण्डेलाई नगद पुरस्कारसहित दोसल्ला,प्रमाण पत्र, अविर मालाद्वारा सम्मान गरे । 
   
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञावालीले कानूनले कोही शाेषित नहुने , जुनकीरी जस्तै उज्यालो दिने बताए ।
 ‘नागरिकलाई असल मार्ग देखाउने काम , समाजलाई परिवर्तन गर्ने तर्फ डाेर्याउने काम , जनताहरुलाई न्याय पाउनका निमित्त अदालत सम्म पुर्याउने काम कानूनले गर्छ’ उनले भने । 
उनले सेवाग्राहीले उचित न्याय पाउनका लागि कानून  दिवसको रुपमा मनाउने गरेकाे  वताए । मान्छेकाे अनुहार राम्रो हेरेर न्याय नपाउने बताउदै उनले कानुन सवैकाे लागि एक समान रहेकाे वताए ।
नेपाल वार एशाेसिएसन राजविराज उच्च अदालत एवम् सप्तरी जिल्ला अदालत वार एशाेसिएसनद्वारा संयुक्त रुपमा  आयोजित कार्यक्रममा पुरस्कार दातापरिवारकाे तर्फवाट वरिष्ठ अधिवक्ता सुजित कुमार पाेखरेललाई समेत सम्मान  गरिएको थियो । पाेखरेलले  पुरस्कार स्थापनाका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रममा न्यायाधीश दिपक धिताल ,
वरिष्ठ अधिवक्ता,इन्द्र नारायण यादव,रामजी साह,देवनारायण यादव ,अधिवक्ता दिपक ढकाल,विनाेद पाण्डे ,मनाेज देव,राजेन्द्र प्रसाद देव, निलम यादव,नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव, उच्च बारका निवर्तमान अध्यक्ष भरत यादव,अधिवक्ता शिवनारायण यादव,अजय कुमार झा, अधिवक्ता मिस्टर चाैधरी,श्याम नारायण साह लगायतले मन्तव्य व्यक्त गरे ।
उच्च अदालत वार एशाेसिएसनका सचिव दानाे कुमारी चाैधरीद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष धर्मेन्द्र यादवले गरे ।।