• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्व पत्रकार साहले सम्झिए ‘सप्तरी जिल्लामा प्रेस मञ्चको इतिहास’

पूर्व पत्रकार साहले सम्झिए ‘सप्तरी जिल्लामा प्रेस मञ्चको इतिहास’
 न्यूज टुडे
राजविराज, २६ बैशाख । 
पत्रपत्रिकाबाट राजनीतिमा सक्रिय भएका जसपा नेपालका केन्द्रीय सचिब एवम् पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी जिल्लामा प्रेस मञ्चको इतिहास स्मरण गरेका छन् ।  सामाजिक संजालमा शुक्रबार पार्टी निकट पत्रकार संगठनको तदर्थ समिति औपचारिक घोषणाको तस्वीर सार्वजनिक गर्दै उनले प्रेस मञ्चको इतिहास स्मरण गरेका हुन् । 
उनले तस्वीरसंगै तत्कालीन संगठनको नाम र पदाधिकारीको संख्या समेत उल्लेख गरेका छन् ।
‘९ बर्ष पहिला संघीय प्रेस फोरम, नेपाल – सप्तरी तदर्थ समिति गठन भएको थियो’ उनले आफ्नो फेसबुक आइडीमा लेखेका छन् ‘तत्कालिन संघीय प्रेस फोरम, नेपालका केन्द्रिय सल्लाहकार शम्भु झाको अध्यक्षतामा पत्रकारहरूको एक भेलाले युवा पत्रकार श्यामसुन्दर यादवको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन भएको थियो।’
तत्कालिन संघीय समाजवादी फोरम, नेपालका राजनीतिक समिति सदस्य  एवम् हाल केन्द्रीय सचिब एवम् पूर्वमन्त्री  शैलेन्द्र प्रसाद साहद्वारा समितिको औपचारिक घोषणा गरिएको तदर्थ समितिको पदाधिकारीहरू पूर्व पत्रकार समेत रहेका उनले सामाजिक संजालमा यसरी उल्लेख गरेका छन् ।
प्रेस मञ्च नेपाल सप्तरीको संस्थापक अध्यक्ष श्यामसुन्दर यादव, उपाध्यक्ष वृजमान तामाङ सचिव जितेन्द्र झा,सह-सचिव: दिपा कर्ण कोषाध्यक्ष धर्मपाल राउत थिए ।
यसैगरी सदस्यहरू:वैधनाथ यादव,शिवप्रताप साह,गंगाप्रसाद साह,राजु शर्मा,किशोर पासमान,राजेन्द्र मिश्र,रामनाथ यादव,वन्दना मण्डल,अञ्जु यादव,पल्लवी मिश्र,रविन्द्र साह, विद्यानन्द राम,सनोज विश्वास,रामनाथ चौधरी रहेको साहले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ । 
प्रेस मञ्चको झण्डै एक दशकको इतिहासमा सप्तरीमा श्यामसुन्दर यादव, बृजमान तामाङ, भूषण कुमार सिंहले मञ्चको नेतृत्व सम्हालिसकेका छन् भने हालै धर्मपाल राउतको नेतृत्वमा समिति गठन भएको छ ।