• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीको ओैद्योगिक क्षेत्रमा नौ दिवसीय महायज्ञ सुरु

रुपनीको ओैद्योगिक क्षेत्रमा नौ दिवसीय महायज्ञ सुरु
न्यूज टुडे
नर्मदेव यादव
रुपनी , २२ बैशाख । 
सप्तरीको रुपनी ५ स्थित औद्योगिक क्षेत्रमा आइतबार पहिलोपटक श्री सीताराम नामजप १००८ मण्डपीय सकिर्तन एवम् श्री रामचरित्र मानस ९ दिवसीय महायज्ञ सुरु भएको छ । ओैद्योगिक क्षेत्रका संरक्षक एवम् यज्ञकर्ता श्री श्री १००८ श्री जगत नन्दन दास जी महाराज (पगला बाबा)।को अध्यक्षतामा आयोजित एक समारोहका वीच महायज्ञको  उद्घाटन गरिएको हो । 
महायज्ञको मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्घाटन गरेका हुन् । महायज्ञ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले महायज्ञले औद्योगिक क्षेत्रको विकास र मधेस प्रदेशमा शान्ति सद्भाव कायम हुने विश्वास व्यक्त गरे । 
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का साँसद दिनेश कुमार यादवले महायज्ञ आयोजना गरेको भन्दै खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । 
यज्ञकर्ता पगला बाबाले ओैद्योगिक क्षेत्रकाे जमिनमा रहेकाे दाेषबाट मुक्ति दिलाउन शुद्धीकरण स्वरुप याे महायज्ञ आयाेजना गरिएकाे  बताए । उनले औधोगिक क्षेत्रको विकासको लागि महायज्ञ संचालन गरेको बताए ।
विश्व शान्ति, एकता, अखण्डता एवम् सुदृढ नेपालका लागि जगत जननी जानकी माताकाे जन्माेत्सवकाे पावन अवसरमा महायज्ञ संचालन गरिएको उनले बताए  । 
रुपनी गाउँपालिका अध्यक्ष एवम् आयोजक समितिका।सह अध्यक्षदिनेश कुमार यादवले महायज्ञ सफल बनाउन सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए । ।उनले  सप्तरीका १८ वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय सप्तरी, सुरक्षा निकाय लगायत सम्पुर्ण सप्तरीबासीलाई तन, मन, धनले आवश्यक सहयोगका लागि आग्रह गरे । 
विस. २०५६ सालमा धनुषामा पहिलोपटक यस्तो प्रकृतिको महायज्ञ भएको थियोे र दाेस्राे पटक अहिले सप्तरीमा हुन गईरहेकाे जानकारी गराउदै उनले  यसमहायज्ञलाई सफल बनाउन विभिन्न ९ बटा समिति उपसमिति पनि बनाएर परिचालन गरिएको जानकारी दिए । उनले यसको सफलताको लागि जिल्ला, प्रदेश, तथा सम्पुर्ण देशवासीलाई आग्रह गरे ।
महायज्ञ उद्घाटन समारोहमा  छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, सप्तरी जिल्ला अध्यक्ष दिपेन्द्र चाैधरी, नेकपा एस सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरीलगायत स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका दर्जनौंको संख्यामा विशेष व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।
करिब ३ कराेड ३६ लाख अनुमानित लागत खर्च हुने यस महायज्ञमा एक हजार आठ मण्डपमा किर्तन मण्डली, हनुमान आराधना मण्डली, बृन्दाबनकाे राशलिला, रामलिला, रामचरित्र मानस पाठ, कंग्रा पिठाधीश १००८ श्री शंक्रार्चाय जगत गुरु सारदा नन्द सरस्वतीलगायतका उच्चकाेटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।  
उक्त अव्सरमा राजविराज नगरपालिका ९ स्थित रहेको भुतनाथ पोखरीबाट जल भरेर हजारौंको संख्यामा  श्रदालूभक्तजनहरु झाकीसहित कार्यक्रम स्थलमा पुगेका थिए ।