• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अमसोत कृषि सहकारी संस्थाको कार्यालयमा चोरी

अमसोत कृषि सहकारी संस्थाको कार्यालयमा चोरी
न्यूज टुडे
राजविराज, २० बैशाख । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित बेल्हामा रहेको अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड बेल्हाको कार्यालयमा शुक्रबार राति चोरी भएको छ । कार्यालयको ताला फुटाएर नगद ३ लाख ८ हजार २ सय ९५ रुपैयाँ चोरी भएको हो । 
चोरीको घटना बारे अनुसन्धानमा खटिएका प्रहरी । फोटो : न्यूज टुडे
शुक्रबार संकलन भएको रकम कार्यालयको दराजमा राखिएको ठाउँबाटै चोरी भएको उपभोक्ता पसल कर्मचारी एवम् नगदी शाखा प्रमुख राधेकृष्ण चौधरीले बताए ।
अरुदिन सधै संकलन भएको रकम साँझसम्ममा महुली स्थित माछापुच्छ्रे बैकमा जम्मा गरिन्थ्यो’  नगद शाखा प्रमुख चौधरीले भने, शुक्रबार परेकोले त्यसदिन संकलित रकम दराजमै राखिएको थियो ।’
घटना स्थल पुगेर अनुसन्धानमा खटिएका डिएसपी काफ्ले नेतृत्वको प्रहरी टोली । फोटो : न्यूज टुडे

उनले कार्यालयको नगद राखिएको दराज र ल्यापटप भएको दुइवटा दराजको साँचो फुटाएर नगदमात्र चोरी भएको बताए ।  कार्यालयको ५ वटा ताला तोडेर चोर भित्रपसी नगदसहित सिसी क्यामराको डिभाईस बक्स पनि चोरी भएको उनलेे जानकारी दिए । 
कार्यालय सहयोगी कृष्णा कुमारी चौधरीले विहान कार्यालय खोल्न जाँदा ताला तोडिएको पाइएको बताइन् ।  ‘श्रीमान कार्यालय सरसफाइ गर्न शनिबार विहान जानुभएको थियो’उनले भनिन्, तर कार्यालय पुगेका श्रीमान् ले ढोका खुल्ला देखेपछि मलाई कार्यालयमा बोलाए, आफू कार्यालय पुग्दा ताला फुटाएको थाहा पाएर व्यवस्थापक र  अध्यक्षलाई फोन मार्फत घटना बारे बताएँ,सहकारी संस्थाकी अध्यक्ष सुमित्रा देवी चौधरी र  व्यवस्थापक रामी यादव कार्यालयमा आएर प्रहरीलाई खबर गरि घटना विवरण दिनु भयो ।’
 चोरीको घटना सम्बन्धि प्रहरीमा खबर गरि अनुसन्धान अगाडि बढाइएको संस्थाका व्यवस्थाक रामी यादवले बताए ।  कार्यालयमा विधुतीय सामाग्री तथा कागजपत्रहरु धेरै भएपनि नगद र सिसी क्यामराको डिभाइस् बक्स मात्र चोरी भएको उनले जानकारी दिए । उनले चोरी गर्न टाढाको मान्छे हुन नसक्ने दावी गर्दै दुइदशकबढी देखि सहकारी संचालन भइरहँदा पहिलो पटक यस्तो घटना भएको बताए । 
सहकारी संस्थाकी अध्यक्ष सुमित्रा देवी चौधरीले कसैले प्रतिशोध साध्न यस्तो घटना घटाएको हुन सक्ने आशंका व्यक्त गरिन ।  सहकारीकी एक पूर्व कर्मचारीले अब खेल देखाउछु, छिटै नतिजा देखापर्छ भनेको महिना नबित्दै यस्तो घटनाले उनीमाथी शंका गर्ने आधार बलियो भएको बताइन् ।  उनले धम्की दिने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्नेमा जोड दिइन् । 
घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको टोलीले सूक्ष्म अनुसन्धान थालेको छ । ‘चोरीको घटना बारे जानकारी पाउनसाथ घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ’ डिएसपी काफ्लेले भने,’संदिग्ध व्यक्तिहरुसंग सोधखोजसहित अनुसन्धान थालेका छौँ, संलग्नहरु छिटै पक्राउ पर्न सक्छन् ।’
सहकारीका लेखापाल अशोक कुमार यादवले चोरीको घटनाले त्रसित बनाएको बताए ।  केही दिन यता सिसि टिभी समेतमा समस्या आएको बेला यस्तो घटना घटेको उनले जानकारी दिए ।