• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

प्रथम सेभेनसाइड फुटबल प्रतियोगिताको उपाधि एमएफसी मोहनपुरलाई

प्रथम सेभेनसाइड फुटबल प्रतियोगिताको उपाधि एमएफसी मोहनपुरलाई
करुना राई
विरेन्द्र बजार, १७ बैशाख ।
युनिटी एफसी विरेन्द्र बजार सप्तरीद्वारा संचालित प्रथम सेभेनसाइड पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि एसएफसी फुटबल क्लब महुली मोहनपुरले हात पारेको छ । रुपनी गाउँपालिका ६ स्थित मिलन चौक खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा आयोजक युनिटी एफसी विरेन्द्र बजारलाई १-२ गोलान्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेल । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापको पाँचौ मीनेटमा विजेता टिमका जर्सी नम्बर ४७ का  सुजन काफ्लेले १ गोल गरि टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हापमा विजेता टिमका जर्सी नम्बर १० का विशाल तामाङले थप १ गोल गर्दै टिमलाई २ गोलान्तरले अगाडि बढाए ।  दोश्रो हापको १८ औं मीनेटमा उपविजेता टिम विरेन्द्र बजारका जर्सी नम्बर ५ का भोला सरदारले १ गोलमात्र फर्काउन सफल भए।
फुटबल प्रतियोगिता समापन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा भएको खेलमा उपविजेता टिमले १ गोल मात्र गर्न सफल भएपछि मोहनपुरले उपाधि जितेको आयोजक समितिका राम बहादुर तामाङले जानकारी दिए । खेलको उत्कृष्ट खेलाडी विजेता टिमका विशाल तामाङ घोषित भएका थिए । 
यसैगरी प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई एक समारोहका वीच नगद राशीसहित पुरस्कार प्रदान गरिएको छ । 
आयोजक समितिका अध्यक्ष विशान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रुपनी गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, विशिष्ट अतिथि खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टिमलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे । 
प्रतियोगिताका उत्कृष्ट खेलाडी विशाल तामाङलाई च्याम्पियन शिल्ड प्रदान गरिदै । फोटो : न्यूज टुडे
यसैगरी रुपनी गाउँपालिका वडा नम्बर ६ का प्रत्यासी उम्मेदवार प्रभा पुलामी मगर, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीकी सदस्य करुणा राई, स्थानीय समाजसेवी कोपिला श्रेष्ठले खेलका उत्कृष्ट खेलाडी, रेफ्री तथा साइड रेफ्रीलाई च्याम्पियन शिल्ड र प्रशंसा पत्र प्रदान गरे । 
प्रशंसा पत्र ग्रहण गर्दै प्रमुख रेफ्री हरिहर चौधरी । फोटो : न्यूज टुडे
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत फोनिज सप्तरीकी सदस्य भद्र कुमारी लामाले गरिन । 
फाइनल खेलमा सहभागी खेलाडीह्रुसंग परिचय गर्दै प्रमुख अतिथिसहित अतिथिहरु । फोटो : न्यूज टुडे

बैशाख ४ गतेदेखि सुरु भएको प्रतियोगितामा एमएफसी महुली सप्तरी, कंकालिनी युवा क्लब सितापुर सप्तरी,किरातेश्वर महादेव एपसी रुपनी सप्तरी, तेरहौता एफसी सप्तरी,महुली एफसी सप्तरी,शम्भुनाथ एफसी सप्तरी ,कंचनपुर एफसी सप्तरी,युनिटी एफसी विरेन्द्र बजार,प्रशवनी एफसी सप्तरी,रामजानकी युवा क्लब मट्टीगढा,एसीडीसी इटहर्वा सप्तरी,बिबि एफसी सप्तरी, जागृति युवा समाज क्लब खोक्सर सप्तरी गरि १३ वटा टिमले सहभागीता जनाएका थिए  ।