• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इलाका प्रहरी कार्यालय कंचनपुरद्वारा १ सय ४० किलो गाँजा बरामद 

इलाका प्रहरी कार्यालय कंचनपुरद्वारा १ सय ४० किलो गाँजा बरामद 
 उत्तम आचार्य 
कञ्चनरुप , १७ बैशाख । 
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट बुधबार  प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले  दुईवटा अटोसहित १ सय .४० किलो गाँजा बरामद गरेको हो । 
इलाका प्रहरी कार्यालय कंचनपुरद्वारा पक्राउ गरेको गाँजा र अटो । फोटो : न्यूज टुडे
प्रहरी निरीक्षक लेख बहादुर विष्टको नेतृत्वमा खटिएको गस्ती टोलीले  आटोमा शंका लागि चेकजाँच गर्दा उक्त परिणामको प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार विहान ३ बजे भित्री सडकखण्ड अन्तर्गत तिरहुत गाउँपालिका २ बडाहरा स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १ -०२-००३- ह २९३४ नम्बरको अटोमा शंका लागि चेकजाँच गर्दा बोरा बाहेक ५८ केजी र बोरा सहित ६१ केजी प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा तथा अटो चालक उदयपुर बेलका नगरपालिका ३ का ४१ बर्षिय  जयराम दाहाललाई इलाका प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखी आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
ईलाका प्रहरि कार्यालय कंचनपुरका अनुसार  मंगलबार राति करिब ९:५० बजे गोवास टोलाबाट भारदहतर्फ जाँदै गरेको स.१.ह.१७१६ नम्बरको  अर्को अटोमा शंका लागी रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए। अटो नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा ३ बोरा, १ कालो सुटकेस र १ रातो झोलाभित्र गाँजा  फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 
उनले नापतौल गर्दा जम्मा ७९.७६ केजी लागुऔषध गाँजा रहेको पुष्टि भएको बताए । बरामद गरिएको अटो र गाँजा  इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने फरार  चालकको खोजी जारी राखिएको तथा थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले जानकारी दिए ।