• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पञ्चकन्या मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न

पञ्चकन्या मन्दिरको १५ औं वार्षिकोत्सब सम्पन्न
न्यूज टुडे 
राजविराज , १६ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रहेको पञ्चकन्या मन्दिरको बिराट मुर्ती र लक्ष्मी मुर्तिको प्राण प्रतिष्ठा एवम १५ वाषिर्कोत्सव सम्पन्न भएको छ । मन्दिर प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षता तथा  मधेश प्रदेशका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख अतिथ्यतामा आयोजित एक समारोहका वीच वाषिर्कोत्सव सम्पन्न भएको हो।
पञ्चकन्या मन्दिरको १५ औं वार्षिकोत्सब उद्घाटन गर्दै मन्त्री लेखी । फोटो : न्यूज टुडे
 कार्यक्रममा बोल्दै मन्त्री लेखीले धार्मिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गरि अगाडि बढेमा पर्यटकहरुको आकर्षणको रोजाइमा पञ्चकन्या मन्दिर परि यस ठाउँको बिकासले गति लिने विश्वास व्यक्त गरे । उनले मन्दिरको बिकासमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।
कञ्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्रले पञ्चकन्या मन्दिर अति नै उपयुुक्त ठाउंँमा रहेकोले यसको बिकासमा सबैको साथ र सहयोग रहेमा नमुना धार्मिक पर्यटन क्षेत्र बन्ने उल्लेख गरे । 
बैशाख १५ गते मन्दिर स्थापना भएको अवसरमा बर्षेणी वार्षिकोत्सब मनाउने गरिन्छ र भब्य मेला समेत लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।