न्यूज टुडे
राजविराज, १३ वैशाख-
सप्तरी उद्योग वाणिज्य संघ राजविराजले शनिबार एसी, वाटर फिल्टरसहितका सामान प्रहरीलाई प्रदान गरेको छ । संघका अध्यक्ष लालुप्रसाद अग्रवालको नेतृत्व उद्योगी-व्यवसायीहरु जिल्ला प्रहरी कार्यालयमा पुगेर उक्त सामानहरु प्रदान गरेको हो ।
संघका अध्यक्ष अग्रवालले २ थान एसी, ३ थान वाटर फिल्टर र ५ थान पानीको जार प्रहरीलाई प्रदान गरेको बताए । उनले बढ्दो गर्मीमा जिल्ला प्रहरी कार्यालयमा पुग्ने सेवाग्राहीलाई पानी पिउन समस्या भइरहेकोले वाटर फिल्टरसहितका सामान प्रदान गरेको बताए ।
उक्त सामान बुझ्दै सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले संघआवद्ध उद्योगी-व्यवसायीहरुलाई धन्यवाद दिए ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य अरुणकुमार प्रधान, सुनचाँदी व्यवसायी सघं राजविराजका अध्यक्ष नारायण रंजन लगायतका उद्योगी-व्यवसायी उपस्थित थिए ।