सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडामा संचालित आँखा शिविरमा १ सय ५२ जना आँखाका रोगीहरुले जाँच गराएका छन् । धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा बिहिवार आयोजित निशुल्क शिविरमा उनीहरुले आँखा जाँच गराएका हुन् ।
शिविर उद्घाटन समारोहमा सम्मान ग्रहण गर्दै प्रजिअ दाहाल । फोटो : न्यूज टुडे
सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा संचालित शिविरमा आँखा जाँच गराएका मध्ये ३१ जनामा मोतियाबिंदुको विरामी फेला परेको आयोजक समितिका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले बताए । विरामीहरुलाई सगरमाथा।चौधरी आँखा अस्पतालको गाड़ी चढाएर लहान लगेर निशुल्क आप्रेशन गरिएको उनले जानकारी दिए ।
शिविर सेवा प्रदान गर्ने चिकित्सक तथा प्राविधिकहरुलाई स्वागत गर्दै अध्यक्ष समाजसेवी इन्जिनियर यादव । फोटो : न्यूज टुडे
शिविर उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, राष्ट्रिय अनुसन्धान आयोग राजविराजका प्रमुख अनुसन्धान उपनिर्देशक सुरेन्द्र कोइरालालगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । उनीहरूलाई आयोजक समितिको तर्फबाट सम्मान पत्र, गम्छा, मालाले सम्मान गरिएको थियो ।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका चिकित्सक तथा प्राविधिक टोलीले आँखा जाँच गरेका थिए । क्लबले प्रत्येक बर्ष सखडामा निशुल्क आँखा शिविर संचालन गरेपछि स्थानीयबासी लाभान्वित हुने गरेका छन् ।