• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीको ओैद्योगिक क्षेत्रमा नौ दिवसीय महायज्ञको अन्तिम तयारी 

रुपनीको ओैद्योगिक क्षेत्रमा नौ दिवसीय महायज्ञको अन्तिम तयारी 
नर्मदेव यादव
रुपनी , १२ बैशाख । 
सप्तरीमा पहिलोपटक श्री सीताराम नामजप १००८ मण्डपीय सकिर्तन एवम् श्री रामचरित्र मानस ९ दिवसीय महायज्ञ हुने भएको छ । ओैद्योगिक क्षेत्रका संरक्षक एवम् यज्ञकर्ता श्री श्री १००८ श्री जगत नन्दन दास जी महाराज (पगला बाबा) ले  रुपनी ५ स्थित औद्योगिक क्षेत्रमा शुक्रबार  पत्रकार सम्मेलन गरी  उक्त जानकारी दिएका हुन् । 
महायज्ञका लागि तयारी अवस्थामा रहेको मण्डपहरु ।फोटो : न्यूज टुडे

ओैद्योगिक क्षेत्रकाे जमिनमा रहेकाे दाेषबाट मुक्ति दिलाउन शुद्धीकरण स्वरुप याे महायज्ञ आयाेजना गरिएकाे यज्ञकर्ता पगला बाबाले जानकारी दिए । उनले औधोगिक क्षेत्रको विकासको लागि महायज्ञ संचालन गरेको बताए ।
विश्व शान्ति, एकता, अखण्डता एवम् सुदृढ नेपालका लागि जगत जननी जानकी माताकाे जन्माेत्सवकाे पावन अवसरमा यहि बैशाख २१ गते आईतवार देखी ९ दिन सम्म महायज्ञ संचालन हुने उनले बताए । 
करिब ३ कराेड ३६ लाख अनुमानित लागत खर्च हुने यस महायज्ञमा एक हजार आठ मण्डपमा किर्तन मण्डली, हनुमान आराधना मण्डली, बृन्दाबनकाे राशलिला, रामलिला, रामचरित्र मानस पाठ, कंग्रा पिठाधीश १००८ श्री शंक्रार्चाय जगत गुरु सारदा नन्द सरस्वतीलगायतका उच्चकाेटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन रहने पगलाबाबाले पत्रकार सम्मेलनमा बताए । महायज्ञ अन्तिम तयारीको चरणमा पुगेको बताउदै उनले यसको सफलताको लागि जिल्ला, प्रदेश, तथा सम्पुर्ण देशवासीलाई आग्रह गरे ।
रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले महायज्ञ सफल बनाउन मधेस प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहकाे सहयोगमा जग्गा उपलब्ध भएको बताए ।उनले  सप्तरीका १८ वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय सप्तरी, सुरक्षा निकाय लगायत सम्पुर्ण सप्तरीबासीलाई तन, मन, धनले आवश्यक सहयोगका लागि आग्रह गरे । 
विस. २०५६ सालमा धनुषामा पहिलोपटक यस्तो प्रकृतिको महायज्ञ भएको थियोे र दाेस्राे पटक अहिले सप्तरीमा हुन गईरहेकाे जानकारी गराउदै उनले  यसमहायज्ञलाई सफल बनाउन विभिन्न ९ बटा समिति उपसमिति पनि बनाएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र कुमार मण्डल, सप्तरी जिल्ला अध्यक्ष दिपेन्द्र चाैधरीलगायत दर्जनौंको संख्यामा विशेष व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।