• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा ट्याक्टर दुर्घटनामा: एक जनाको मृत्यु, एकजना घाइते

सप्तरीमा ट्याक्टर दुर्घटनामा: एक जनाको मृत्यु, एकजना घाइते
न्यूज टुडे
राजविराज, ११ बैशाख ।  
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरामल्हनियामा बिहिवार ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको छ ।  दुर्घटनामा स्थानीय  २१ बर्षिय जितेन्द्र यादवको मृत्यु भएको हो । 
पश्चिमबाट रामपुरामल्हनिया तर्फ जाँदै गरेको स १ त ५०८३ नम्बर ट्याक्टर अनियंत्रित भइ पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
टाउको र ढाडमा गम्भीर चोट लागेको यादवलाई तत्कालै प्रहरीले उद्वार गरि राजविराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए । 
मृतक यादवको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
दुर्घटनामा स्थानीय २० बर्षका दिपेश यादव घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । हातमा चोट लागेको उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।