करुना राई
विरेन्द्र बजार, ०८ बैशाख ।
युनिटी एफसी विरेन्द्र बजारद्वारा संचालित प्रथम सेभेनसाइड पचशिल्ड फुटबल प्रतियोगिताको पाँचौ दिनको खेलमा महुली एफसी सप्तरी विजयी भएको छ । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित मिलन चौक खेल मैदानमा सोमबार सम्पन्न खेलमा शम्भुनाथ एफसी सप्तरीलाई १-३ गोलान्तरले पराजित गर्दै महुली विजयी भएको हो ।
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको खेलको पहिलो हापको १३ औं मीनेटमा महुली एफसीका जर्सी नम्बर ८ का भूषण मगरले १ गोल गरि टिमलाई अग्रता दिलाएका थिए ।
यसैगरी खेलको दोश्रो हापको ५ औ मीनेटमा जर्सी नम्बर ४ का नरेश मगरले १ गोल गर्दै टिमलाई २ गोलान्तरले अगाडि बढाए । खेलको दोश्रो हापको ११ औं मीनेटमा महुलीकै जर्सी नम्बर ८ का भुषण मगरले पुन: १ गोल थप्दै टिमलाई ३ गोलको अग्रता कायम राखे । खेलको दोश्रो हापको १८ औं मिनेटमा शम्भुनाथ एफसीका जर्सी नम्बर ३ का अजय चौधरीले १ गोल मात्र फर्काउन सफल भएपछि महुली १-३ गोलान्तरले विजयी भएको आयोजक समितिका राम बहादुर तामाङले जानकारी दिए ।
प्रतियोगितामा एमएफसी महुली सप्तरी, कंकालिनी युवा क्लब सितापुर सप्तरी,किरातेश्वर महादेव एपसी रुपनी सप्तरी, तेरहौता एफसी सप्तरी,महुली एफसी सप्तरी,शम्भुनाथ एफसी सप्तरी ,कंचनपुर एफसी सप्तरी,युनिटी एफसी विरेन्द्र बजार,प्रशवनी एफसी सप्तरी,रामजानकी युवा क्लब मट्टीगढा,एसीडीसी इटहर्वा सप्तरी, बिबि एफसी सप्तरी, जागृति युवा समाज क्लब खोक्सर सप्तरी गरि १२ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।
मंगलबारको खेल आयोजक ‘बि’ टिम ‘बिबि एफसी सप्तरी’ र ‘ जागृति युवा समाज क्लब खोक्सर सप्तरी’ वीच हुने आयोजक समितिका अध्यक्ष विशान तामाङले जानकारी दिए । बैशाख १६ गते समापन गरिने प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।