राजबिराजमा संचालित मधेश प्रिमियर लिग (एमपिएल) तेस्राे संस्करण अन्तर्गत शनिबार सम्पन्न खेलमा काठमाण्डौ र बलान बिजयी भएको छ। काठमाण्डौ राेयल्सले छिन्मस्ता राईडर्सलाई ५ बिकेट र सप्तरी बलान बिहुलले मिथिला बारियर्सलाई ३१ रनले हराउदै जित हासिल गरेको हो ।
म्यान अफ दि म्याचको उपाधि ग्रहण गर्दै बलानविहुलका खेलाडी । फोटो : न्यूज टुडे
पहिलाे खेलमा काठमाण्डौ राेयल्सले छिन्मस्ता राईडर्सलाई ५ बिकेटले पराजित गर्दै बिजयी भएकाे छ भने दाेस्राे खेलमा सप्तरी बलान बिहुलले मिथिला बारियर्सलाई ३१ रनले हराउदै जित हासिल गरेकाे आयोजकले जनाएको छ ।
पहिलाे खेलमा टस जितेर काठमाण्डौ छिन्मस्तालाई ब्याटिंग गर्न दिएपछि छिन्मस्ताले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय १ सय ५९ रनकाे याेगफल खडा गरेका थिए।जसमा शंकर राणा ४२ रन, दिनेश अधिकारी २२, राेहन बिक १७ तथा सन्ताेष कार्की १५ रन बनाएका थिए।
बलिंगतर्फ काठमाण्डौ राेयल्सका अमित श्रेष्ठ ३ बिकेट रूपेश सिँह र दिपेश श्रेष्ठले समान २/२ बिकेट तथा नरेश साउद १ बिकेट लिएका थिए। प्रतिउतरमा काठमाण्डौले १९ ओभर ४ बलमा ५ बिकेट गुमाएर बिजयी हात पारेका थिए।
जसमा टिमलाई जिताउन तिर्थराज दासले सर्वाधिक ३७ रन, किरण कुमार ठुगुनाले ३५ रन तथा अशोक पाैडेलले अविजित २४ रन र अमित श्रेष्ठले १४ रन नटआउट खेलेपछि जित सहज भएकाे थियाे। बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी, हेमन्त धामी, अभिषेक कार्की, दिवान पुन र नारायण साउदले समान १/१ बिकेट लिएका थिए। खेलकाे प्लेयर अफ दि म्याच अमित श्रेष्ठ घाेषित भएका थिए।
यसैगरी मिथिला बारियर्स र बलान बिच भएकाे खेलमा टस जितेेर मिथिलाले बलानलाई ब्याटिंग गर्न दिएपछि बलानले २० ओभरमा ९ बिकेट गुमाएर १ सय ७७ रनकाे याेेगफल खडा गरेका थिए।
जसमा लाेकेेश बम ४६ रन, सुजन थपलिया ४३, राशिद खान १९, श्रवण यादब १५, बिवेक यादब १४ , बिकास दास अविजित खेल्दै १३ रन जाेडेका थिए। बलिंग तर्फ मिथिलाका शेर मल्लले ४ बिकेट, वसन्त खत्री ३ बिकेट तथा बसिर अहमद र नन्दन यादब १/१ बिकेट लिएका थिए।
प्रतिउतरमा १ सय ७८ रनकाे लक्ष्य लिएर मैदानमा ओर्लेको मिथिलाले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सकेपछि सप्तरी बलान ३१ रनले बिजयी भएकाे हाे।
जसमा राष्ट्रिय खेलाडी बसिर अहमदले बिष्फाेटक ब्याटिंग गर्दै ७२ रन बनाएपनि टिमलाई जिताउन सकेन।
यसैगरी टिमका लागि वसन्त खत्री २८ रन, सुमित महर्जन १३ रन बाहेक अन्य कुनै खेलाडीले दाेहाेराे अंक पार गर्न सकेन ।
यता मिथिलाका खेलाडीहरूलाई सस्ताेमा आउट गर्न बिवेक यादबले उत्कृष्ट बलिंग गर्दै महत्वपुुर्ण बिकेटकाे रूपमा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह एरीलाई बिबेकले पहिलाे र रबि कुमार साहलाई दाेस्राे ओभरमा आउट गरेपछि जित तर्फ अग्रसर गराएका थिए।
अर्का बलर राशिद खान २ बिकेट तथा श्रवण यादब, फिर्दाेष अन्सारी, बिकास दास र भुवण कार्कीले समान १/१ बिकेट हात पारेका थिए। खेलकाे प्लेयर अफ दि म्याच लाेकेश बम घाेषित भएकाे थियाे।
आइतबारकाे पहिलाे खेल काेशी दुहबी क्यापिटल र जनकपुर सनराईज तथा काठमान्डाै राेयल्स र सप्तरी बलान बिहुल सुपर किंग बिच हुने मधेश प्रिमियर लिगका अध्यक्ष इन्जिनियर संजिव नारायण यादबले जानकारी दिए।