• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समृद्ध राष्ट्र निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य : उपेन्द्र

समृद्ध राष्ट्र निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य : उपेन्द्र
रामनाथ यादव
राजविराज, ०५ बैशाख । 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले देशको विकास र समृद्धिका लागि गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताएका छन् ।  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित रहेको मावि बभनगामाकट्टीद्वारा शुक्रबार आयोजित अमृत महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
विद्यालयको अमृत महोत्सवमा प्रदर्शन गरिएको मिथिला संस्कृतिमा आधारित नृत्य । फोटो : न्यूज टुडे

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले शिक्षामा सुधार नआउँदा देशको अपेक्षित विकास हुन नसकेको बताए ।  उनले काँग्रेस-कम्युनिस्टको शासन कालमा देशको शैक्षिक अवस्था ध्वस्त भएको टिप्पणी गरे । 
बढ्दो व्यापारीकरणले शिक्षाको साख घटेको उल्लेख गर्दै उनले शिक्षा क्ष्रेत्रमा सुधार ल्याउन सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए । 
शिक्षालाई निजीकरण गर्ने नीतिका कारण सामुदायिक विद्यालयको शैक्षिक गतिविधि लथालिङ्ग हुन पुगेको अध्यक्ष यादवको भनाइ थियो । 
उनले विकास र समृद्धिको आधार शिक्षा भएकोले मर्यादित, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे ।
अमृत जयन्तीको अवसरमा विद्यालयद्वारा आयोजित कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि अध्यक्ष यादवसहित अतिथिगण तथा कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे

‘अहिलेको शिक्षाको कुनै महत्त्व छैन, यसले दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन, अध्यक्ष यादवले भने, संसारमा काम नलाग्ने शिक्षाको कुनै अर्थ हुदैन, सबै ठाउँमा विक्ने र टिक्ने शिक्षा आवश्यक छ तर अहिलेकै शैक्षिक प्रणालीबाट गुणस्तरीय, मर्यादित र रोजगारीमुलक शिक्षाको परिकल्पना गर्न सकिनँ ।’
उनले समृद्ध राष्ट्र निर्माणका लागि प्रविधिमैत्री, मर्यादित, गुणस्तरीय तथा सम्मुन्नत नैतिक क्षिक्षामा जोड दिए । 
निजीकरण नहुँदाको शिक्षाको महत्त्वको बारे चर्चा गर्दै पूर्व  उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि विद्यालय शिक्षा नीतिमा परिवर्तन गर्नु जरुरी रहेको बताए । 
अध्यक्ष यादवले  ठुलो दुइदल नेतृत्वको सरकार असफल भएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न नसकेको, जनताको जीउ ज्यानको रक्षा गर्न नसकेको र भ्रष्टाचारीको संरक्षण मात्र गरेको आरोप लगाए । यादवले एमाले-काँग्रेस नेतृत्वको सरकारले वडादेखी प्रधानमन्त्री कार्यालयसम्म भ्रष्टाचार संगठित रुपमा संस्थागत गरेको टिप्पणी गरे । अहिलेकाे सरकारले शिक्षा , स्वास्थ्यलाई व्यापारीकरण गरी  धन्धा वनाएकाेले मुलकमा शिक्षा ध्वस्त भएको उनको कथन थियो । 
युग अनुसार  शिक्षा नीति परिवर्तन गरि आधुनिक शिक्षा लागू गरी शिक्षाको स्तर माथि उठाउनु पर्ने  धारणा राख्दै उनले राज्यले शिक्षा प्रति ध्यान नदिएको भन्दै आक्रोश  पाेखे ।
सप्तरी जिल्ला ग्रामीण भेगकाे पुरानाे सामुदायिक विद्यालय  मध्येमा पर्ने जसकाे स्थापना वि.स. २००६ सालमा समाजसेवी स्व . श्रीमती लक्ष्मी देवी , स्व वल्लभ र नर्सिङ सिंहले विद्यालयकाे नाउँमा २२ विगहा जग्गा दान  गरि विद्यालय स्थापना गरेका थिए ।