न्यूज टुडे
राजविराज, ०४ बैशाख ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा स्काई लाईन इङ्गलीस बोडिङ्ग स्कुल संचालनमा आएको छ । स्कुलद्वारा चाँदनी चौकमा बिहीवार आयोजित एक समारोहका वीच स्कुल उद्घाटन गरिएको हो ।

स्काई लाईन इङ्गलीस बोडिङ्ग स्कुल व्यवस्थापन समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीको अध्यक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले रिवन काटेर स्कुल उद्घाटन गरे ।
स्कुल उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, साविक सितापुर गाविसका अध्यक्ष बसन्त कुमार चौधरी, मावि सितापुर भुर्कीका अध्यक्ष रविन्द्र प्रसाद चौधरी,मावि सितापुर भुर्कीका सहायक प्रधानाध्यापक कुलानन्द चौधरी, मावि मट्टीगढीका प्राध्यापक बालाकान्त चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी आदिवासी जनजाति महासंघ अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ का अध्यक्ष भवानी प्रसाद चौधरी, स्थानीय समाजसेवी मञ्जु चौधरी, कालिन्द्र चौधरीलगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत स्थानीय समाजसेवी श्याम कुमार चौधरी गरे भने स्कुल बारे लोटस इङ्गलीस बोडिङ्ग स्कुल लहानका प्रिन्सीपल चन्द्रकान्त चौधरीले प्रकाश पारे ।
नयाँ शैक्षिक सत्रबाट भर्ना सुरु गरिएको उक्त स्काई लाईन इङ्गलीस बोडिङ्ग स्कुलमा पिजी, नर्सरी, एलकेजी, एक कक्षा र दुईसम्म संचालन गरिने व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए । उनले प्रत्येक नयाँ शैक्षिक सत्रमा कक्षा वृद्धि गर्दै जाने बताए ।