• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पन्ध्र लाख लिएर युवक फरार, पैसा माग्दा खान्दान मेटाई दिने धम्की

पन्ध्र लाख लिएर युवक फरार, पैसा माग्दा खान्दान मेटाई दिने धम्की
न्यूज टुडे
राजविराज, ०४ बैशाख । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका १० का गफुर मियाको छोरा मो.रोजित मियाले १५ लाख ठगी गरि वेपत्ता भएको एक  छिमेकीले आरोप लगाएका छन् ।राजविराजमा बिहिवार पत्रकार सम्मेलन गर्दै छिमेकी इश्लाम मियाले रोजितले १५ लाख लिएर फरार भएको आरोप लगाएका हुन् । 
पैसा लिएर बेपत्ता भएका युवक मो. रोजित मिया । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा बोल्दै इश्लामले वैदेशिक रोजगारीमा रहेका आफ्ना छोरा मो.नजिबुल्लाहसंग रोजितले पटकपटक गरि १५ लाख लिएर बेपत्ता भएको बताए । 
वैदेशिक रोजगारीका लागि गएका संगै साउदी अरवमा छोरासंगै कार्यरत रोजितले बैकमार्फत पटकपटक गरि ३ लाख र २०८१  फागुन २४ गते एकमुष्ट १२ लाख गरि १५ लाख लिएर भागेको बताए । 
‘छोरासंग रोजितले ससुरालीमा जग्गा लिनु छ, सहयोग गर्नुभनेपछी १२ लाख नगद र ३ लाख बैकबाट गरि १५ लाख लिए’उनले भने,’पैसा लिएपछि साउदीबाट घर आएका रोजित सम्पर्कविहीन भएपछि, मेरो छोरा पनि केही दिनका लागि घर आयो तर रोजित बेपत्ता भएपछि सबै विवरण दिएर फेरि छोरा कार्यक्षेत्र तीर लागे ।’ 
उनले पैसा लिएको दिनदेखि रोजित सम्पर्कमा नआएपछि उनका बुवा गफुर मियासहितका परिवारका सदस्यहरुसंग कुरा राख्दा यस बारे आफुहरुलाई कुनै मतलब नभएको भनी जवाफ पाएको बताए । 
रोजितसंग यसअघि भएको फोनबार्तामा पैसाको कुरा गर्दा मेरो पछाडि नलाग, तेरो खान्दान मेटाई दिन्छु भनी धम्की दिएको पत्रकार सम्मेलनमा इश्लामले बताए । 
उनले ठगिएको थाहापाएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिई खोजतलास गर्दा समेत रोजित अहिलेसम्म फेला नपरेको बताए । 
छोराले साउदीमा पसिना बगाएर कमाएको पैसा ठगी हुँदा आफ्नो परिवार नै ठूलो पिडामा रहेको दुखेसो सुनाउँदै इश्लामले ठगी भएको रकम फिर्ता गराई दिन तथा संलग्न व्यक्तिलाई खोजतलास गरि कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिन स्थानीय प्रहरी -प्रशासन तथा संचारकर्मीहरुलाई आग्रह समेत गरे ।  
यस बारे मो. रोजितसंग पटकपटक मोबाइलमा फोन गर्दा सम्पर्क हुन सकेन ।