मधेश प्रिमियर लिग (एमपिएल)तेस्राे संस्करण राजविराजमा मंगलबार देखि सुरु भएको छ । उद्घाटन खेलमा छिन्मस्ताले काेशी दुहबीलाई ५६ रनले पराजित गर्दै बिजयी भएकाे हो ।
रूपनी मधेश राईडर्स र काेशी दुहबी क्यापिटल बिच भएकाे खेलमा छिन्नमस्ता रूपनी मधेश राईडर्सले दिएकाे १ सय ५६ रनकाे लक्ष्य काेशी दुहबीले सबै बिकेट गुमाएर ९८ रन मात्र बनाए पछि छिन्नमस्ता ५६ रनले बिजयी भएकाे आयोजकले जनाएको छ ।
टस जितेर दुहबीले छिन्नमस्तालाई ब्याटिंग गर्न निम्तियाए पछि छिन्मस्ताले १८ ओभरमा ६ बिकेट गुमाएर १ सय ५४ रनकाे याेगफल खडा गरेका थिए।
जसमा शंकर राणाले सर्वाधिक ६५ रन बनाएका थिए भने संताेष कार्कीले ३१ रन र राेेहन बिकले २२ रन जाेडेकाे थिए।
खेलकाे प्लेअर अफ दि म्याचको उपाधि ग्रहण गर्दै शंकर राणा। फोटो : न्यूज टुडे
यता बलिंग तर्फ काेशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले ३/३ बिकेट लिएका थिए। प्रतिउतरमा काेशी दुहबीले ओभरकाे खेलमा १३ ओभर ४ बलमा सबै बिकेट गुमाई ९८ रन मात्र बनाएका थिए। जसमा ईसान पाण्डेले ३७ रन, साेनु अन्सारी २९ रन, दिपेश कडेलले १६ रन बनाएका थिए।
बलिंग तर्फ छिन्मस्ताका नारायण जाेशी, दिनेश अधिकारीले समान्य ३/३ बिकेट, अभिषेक कार्कीले २ बिकेट, दिवान पुन १ बिकेट हात पारेका थिए।
खेलकाे प्लेअर अफ दि म्याच शंकर राणा घाेषित भएकाे प्रतियाेगिता निर्देशक पवन दासले जानकारी दिए।
मंगलवार राजबिराज स्थित पविमाबि खेलमैदानमा एक समाहराेह बिच मधेश प्रदेशका मुुख्यमन्त्री सतिश कुमार सिँहले ब्याटिंग र मधेश प्रिमियर लिगका अध्यक्ष ईन्जिनियर संजिव नारायण यादबले बलिंग गर्दै खेलमा शुभराम्भ गरेका थिए।
बुधबारको पहिलाे खेल सप्तरी बलान बिहुल सुपर किंग र छिन्नमस्ता रूपनी मधेश राईडर्स तथा दाेस्राे खेल काेशी दुहबी र काठमान्डाै राेयल्स बिच हुने आयाेजकले जनाएकाे छ।