सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको प्रसिद्ध अग्नीसाईर मन्दिर दर्शनका लागि आउने श्रदालूभक्तजनलाई नि:शुल्क पानी, मास्क र खाजा वितरण गरिएको छ । नयाँ बर्ष अर्थात बैशाख १ गते हरेक साल लाग्ने मेला भर्न तथा मन्दिर दर्शनका लागि आउने श्रदालू भक्तजनहरुलाई विभिन्न व्यक्ति तथा संस्थाद्वारा खाजा, मास्क र खानेपानी नि:शुल्क वितरण गरेको हो ।
मन्दिरलाई नगद दान गर्ने बेचन मण्डलसहितका मायाको चिनो प्रदान गरि गम्छा ओढाएर सम्मान गरिदै । फोटो : न्यूज टुडे
भर्खर स्थापना गर्न लागिएको ‘स्काई लाइन ईङ्गलिस बोडिङ्ग स्कुल’ चाँदनी चौक र स्थानीय दुर्गानन्द चौधरीले नि:शुल्क पानी, लक्ष्मी पूजा समिति र जेपी आईकेयर सेन्टर महुलीले दही चिउरा र समाज कल्याण सप्तरीले मास्क नि:शुल्क वितरण गरेको आइ केयर सेन्टरका संचालक सूरज चौधरीले बताए ।विभिन्न व्यक्त तथा संस्थाद्वारा प्रदान नि:शुल्क सेवा लिदै श्रदालू भक्तजन । फोटो : न्यूज टुडे
गर्मी मौसमको बेला पानी, दही चिउरा खुवाएर सहज होस् तथा अत्याधिक भीडका कारण उडेको धुलोबाट सुरक्षित हुनको लागि मास्क वितरण गरिएको स्थानीय मावि सितापुर भुर्कीका लेखापाल आशिष कुमार चौधरीले जानकारी दिए ।
नि:शुल्क पानी, खाजा तथा मास्क वितरणले श्रदालूभक्तजनहरुमा ठूलो राहत मिलेको नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णाससरन गाउँपालिकाका अध्यक्ष भक्त बहादुर तामाङले बताए ।
धार्मिक तथा पर्यटकीय हिसाबले निकै प्रख्यात अग्नीसाईर मन्दिरमा परापूर्वकालदेखी निरन्तर बैशाख १ गते ठुलो मेला लाग्दै आएको छ । मन्दिर दर्शन गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने, सोचेको तथा भाकल गरेको कुरा पूरा हुने, सम्पुर्ण मानवको कल्याण, गाउँमा सहकाल आउने र घरपालूवा पशुपंक्षी तथा गाउँको सुरक्षा हुने धार्मिक विश्वास रहेको छ ।
मन्दिर दर्शनका लागि नेपाल तथा भारतका गरि लाखौं भक्तजनहरुको भीड लाग्ने गरेको छ । सेनकालीन विभिन्न देवीदेवताको आकर्षक मुर्तिहरु रहेको मन्दिरमा बोका, कुखुरा, परेवाको बली दिने परम्परा रहेको छ ।