• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा पत्रकार शुरेश रजकको हत्या विरोधमा प्रदर्शन 

राजविराजमा पत्रकार शुरेश रजकको हत्या विरोधमा प्रदर्शन 
न्यूज टुडे
राजविराज, १६ चैत । 
राजावादीको आन्दोलनमा समाचार संकलन गर्न गएका पत्रकार शुरेश रजकलाई जीउदै आगो लगाएर हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै  सप्तरीका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा राजविराजमा शनिबार विरोध प्रदर्शन गरिएको हो  । 
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयबाट निकालिएको विरोध र्‍याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरि (जनआन्दोलन चौक) सहिद दशन चौकमा पुगेर समापन भएको थियो । 
पत्रकारको हत्यारालाई कारबाही गर, अराजकता अन्त्य गर, प्रेस स्वतन्त्रता कायम गर,पत्रकारलाई लेख्न र बाँच्न देउ लगायतका नारा उल्लेखित प्लेकार्डसहित पत्रकारहरुले विरोध प्रदर्शन गरेका थिए । 
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकार रजकको हत्यारालाई पक्राउ गरि अविलम्ब कारबाही गर्न माग गरे ।  पत्रकार रजकको हत्यारा पत्ता लगाई कारबाहीको दायरामा नल्याईएसम्म आन्दोलन जारी राख्ने बताउँदै उनले शान्तिपूर्ण संघर्षको कार्यक्रमबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । 
अध्यक्ष देवको नेतृत्वमा रहेको विरोध र्‍यालीमा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर विभिन्न राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । 
काठमाडौमा शुक्रबार एभिन्यूज टेलिभिजनका फोटो पत्रकार रजकl राजावादीहरुको आन्दोलनमा समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले उनलाई घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम हत्या गरेका थिए ।