• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गणतन्त्र विरोधीको भण्डाफोर गर्न नेता प्याकुरेलको आग्रह  

गणतन्त्र विरोधीको भण्डाफोर गर्न नेता प्याकुरेलको आग्रह  
 उत्तम आचार्य 
कञ्चनरूप , ११ चैत ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले अहिले लोकतन्त्र र गणतन्त्रको विरुद्ध भ्रम सिर्जना गर्नेहरुको भण्डाफोर गर्न आग्रह गरेका छन् । ।नेकपा एमाले कञ्चनरूप नगर कमिटीद्वारा आयोजित जनजागरण कार्यक्रम अन्तर्गत  कोणसभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
एमाले कञ्चनरुप नगर कमिटी कार्यालयबाट हजारौंको संख्यामा विभिन्न नारा उल्लेख प्लेकार्डसहित निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरि कञ्चनपुर बेरियरमा पुगेर कोणसभामा परिणत भएकोको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेता प्याकुरेलले अहिले लोकतन्त्र र गणतन्त्रको विरुद्धमा सामन्तबादहरुले नकारात्मक प्रचार गरि राखेकोले त्यसका विरुद्धमा भण्डाफोर अभियानमा लाग्न सबै देशप्रेमी, राष्ट्रवादी शक्तिहरुलाई आग्रह गरे । उनले अराजक गतिविधिका विरुद्धमा सशक्त प्रतिकारमा उत्रिन कार्यकर्तालाई आग्रह गरे ।
शहिदहरुको त्याग र बलिदानिले गर्दा ल्याएको शासन व्यवस्थाले गर्दा जनताले चाहेका नेताले शासनसत्ता चलाउन पाएको र बिकास निर्माणका कार्यले गति लिएको प्याकुरेलले दावी गरे ।  उनले कुनै परिवार र बंशमा जन्मेकै आधारमा त्यस्ता ब्यक्तिलाई शासन सत्ताको बागडोर दिने कुरा कदापि स्विकार्य नहुने जिकिर गरे ।
एमाले कञ्चनरुप नगरकमिटी अध्यक्ष बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्र , आशरा चौधरी , जिल्ला कमिटी सदस्यहरु, हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागीता थियो ।