नेकपा एमालेको देश ब्यापी जनचेतना अभियान अन्तर्गत फत्तेपुरमा सोमबार जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले सप्तकोसी नगर कमिटीको आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।
फत्तेपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
जनचेतना कार्यक्रम अन्तर्गत सप्तकोसी नगरपालिका वडा नम्बर १ नयाँ बजारमा कोण सभाको आयोजना गारेको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेकपा एमाले सप्तरी जिल्ला कमिटी सदस्य कालुराम बिष्टले गणतन्त्र स्थापना पछि देशले बिकास र समृद्धि प्राप्त गरेकाले सबै मिलि यसको रक्षा गर्नु पर्ने बताए। बिष्टले राजाबादीको एउटा सानोझुन्डले गणतन्त्र बिरोधी कार्यक्रम गर्दै आएकाले सम्पुर्ण गणतन्त्रबादी जनता एक भएर आघी बढ्नुको बिकल्प नरहेको उल्लेख गरे ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सप्तकोसी नागरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रको बिकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे। नेकपा एमाले सप्तकोसी नगरकमिटी अध्यक्ष पारस दाहालले गणतन्त्र बिरोधी राजाबावीहरुले सामन्ती राजतन्त्रको पृष्ठपोषण गर्दै हिडेकोले जनआन्दोलनको बलमा स्थापित गणतन्त्र साना तिना कुप्रचारले नमासिने बताए। उनले तत्कालीन समयमा सामन्ती प्रबृतिका राजाहरुले जनतालाई दुख मात्र दिने गरेको ,जातिय छुवाछुतलाई बढवा दिएको,मठ मान्दिर पसेको नाममा जनतालाई दुख दिने गारेकाले अब जनाताले त्यसबाट मुक्ती पाइसकेकाले त्यता नफर्कन आग्रह गारे।
कार्यक्रममा मधेश प्रदेश कमिटीकी सदस्य सरिता चौधरी,सप्तकोसी नगरपालिका वडानम्बर ३ का वडा अध्यक्ष देबकान्त गोजेवार,वडा नम्बर ६ का वडा अध्यक्ष नन्दी चौधरी , कार्यपालिका सदस्यहरु,युवा संघका सप्तकोसी नगर अध्यक्ष बिपिन चौधारी ,युवा संघ सप्तकोसी नगर सचिब नबराज अधिकारि,नेकपा एमाले सप्तकोसी नगार इनचार्ज दुर्गा फुयाल लगायतको कार्यक्रममा उपस्थिति राहेको थियो।