• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज सडकमा शरण मृत भेटिए
न्यूज टुडे
राजविराज, १० चैत ।
सप्तरीको राजविराज नगरपालिका ३ स्थित सडकमा आइतबार एक ७० बर्षिय वृद्ध मृत भेटिएका छन् ।
स्थानीय उमेशनाथ शरण कल्टुदास पोखरी छेउमा मृत भेटिएका हुन् । 
उनको सडक छेउमा लडेर ज्यान गएको प्रहरीले बताएका छन् । हिंडेर घर गइरहेको बखत एक्कासी लडेका उनको सोही ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
शरण शनिबार विराटनगरमा बस्दै आएका छोरालाई भेटन गएका थिए । छोरालाई भेटेर फर्किने क्रममा हनुमाननगरस्थित एक आफन्तको घरमा खाना खाएको र राजविराज आएर एक पसलबाट पानीको बोतल किनेर घरतर्फ जाँदै गर्दा एक्कासी ढलेर उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए ।
मृतकको शव  परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए । 
प्रहरीका अनुसार शरण मुटुका बिरामी थिए । उनको केहि दिनअघि मुटुको शल्यकृया भएको थियो ।