सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ लालापट्टीमा मंगलबार विहान आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय देव नारायण पण्डित, रामेश्वर पण्डित, धनराज पण्डित, जुगेश्वर पण्डितको घर तथा गोठमा आगलागी भएको हो ।
छिन्नमस्ता ४ स्थित लालपट्टीमा भएको आगलागी । फोटो : न्यूज टुडे
विहान ०३: ४० बजे बिजुलीको तार सर्ट भइ आगलागी हुदाँ ४ परिवारको आधादर्जनबढी घर तथा गोठ जली १८ लाख ५० हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी परि देवनारायणको २, रामेश्वरको १, धनराजको १ भन्सा घर र गोठ र जुगेश्वरको १ गाई गोठ तथा खाद्यन्न, लत्ताकपडा, नगद, गरगहना, फर्निचर, पशुचौपाया,विधुतिय उपकरणसहितका सामग्री जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
आगलागीमा परी देव नारायणको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर दुई वटार र घर भित्र रहेको लत्ताकपडा खाद्यान्य,फर्निचर,भाँडाकुँडा, मोवाईल थान-२,पंखा थान-२,बिजुलीको मिटर थान-१,सुन ४ आना,चाँदी २० तोला, जली पुर्ण रुपमा जली सात लाख बराबरको क्षति भएको छ । यसैगरी रामेश्वरको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको घर र घर भित्र रहेको लत्ताकपडा खाद्यान्न,फर्निचर,भाँडाकुँडा, पंखा थान-२,बिजुलीको मिटर थान-१,सुन ६ आना,चाँदी २५ तोला, खसी थान-२ जली सात लाखको क्षति भएको तथा भैसी -१ घाईते,पाडी -२ घाईते भएको छ ।
यस्तै धनराजको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको गाई गोठ,भान्सा घर भित्र रहेको लत्ताकपडा, खाद्यान्न,फर्निचर,भाँडाकुँडा जली तिन लाखको क्षती भएको छ भने जुगेश्वरको पिलरको खम्बा, बासको टाटी र टिनको छानो भएको गाई गोठ जली एक लाख पच्चास हजारको क्षति भएको छ ।
आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा १ घण्टापछी ०४:४५ बजे पुर्ण रुपमा नियन्त्रण लिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सप्तरीमा चैत लागेसंगै दिनहुँ आगलागीको घटना वृद्धि भइरहेको छ ।