• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
खर्साल टोलमा आगलागी, १२ लाखबढी क्षति
न्यूज टुडे
राजविराज, ०४ चैत । 
सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ स्थित खर्साल टोलमा सोमबार आगलागी भएको  छ ।  स्थानीय दुबी लाल यादवको घर तथा  नजिकै रहेको सुरेश शर्माको फर्निचरमा आगलागी भएको हो । 
दिउँसो भएको आगलगीमा यादवको १ घर  तथा  शर्मा घरभित्र रहेको फर्निचरका सरसमान जलेर १२ लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । 
विधुत सर्ट भई  सिरहा रोडको छेउमा रहेको यादवको घरबाट  सुरु भएको  आगलागी  छेउमा रहेको  शर्माको घरमा रहेको फ़र्निचर समेत जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।  अगाडिबाट फर्निचरको मेसिन लताकपड़ा काठ लगायतका समानहरु पूर्ण रूपले जलेर नष्ट भएको प्रहरी जनाएको छ । 
आगलागीबाट शर्माको फर्निचर बनाउने मेसिन, औजार, तयारी फर्निचरका सामान,काठप्पत पूर्ण रुपमा जली ४ लाख १५ हजार बराबरको क्षति भएको छ । यसैगरी यादव लत्ताकपडा, अन्नपात, भाँडाकुँडा,काठ फर्निचर, नगद ५० हजार सुन ८ आना चाँदी ४० तोलासहितका गरगहना गरि ८ लाख २१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएका छन् ।
आगो राजविराज नगरपालिकाबाट गएको  दमकलको सहयोगमा स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएको  सप्तरी प्रहरीले जनाएको छ ।