न्यूज टुडे
राजविराज, २५ फागुन ।
सप्तरी प्रहरीले आइतबार लेनदेन मुद्दाकी एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । सप्तरीको खडक नगरपालिका वडा नम्बर ५ की लेनदेन मुद्वाकी फरार प्रतिवादी सीतादेवी थरुनीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा चौधरीलाई फेला पारी पक्राउ गरेको जनाइएको छ । चौधरी विरुद्ध सप्तरी जिल्ला अदालत राजविराजले लेनदेन मुद्दामा दोषी ठहर गरि ६ महिना कैद सजाय तोकेका थिए ।
अदालतले लेनदेन मुद्दामा कैद सजाय तोकेपछी फरार रहेकी चौधरीलाई नियन्त्रणमा लिई आइतबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।