सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता सशक्तीकरण’ भन्ने मुल नाराकासाथ गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा महिला दिवस मनाइएको हो ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अग्नीसाइरमा आयोजित कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ,अमसोत सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष सुमित्रा कुमारी चौधरी, सिएमसी नेपालकी दयावती साह, लाली गुराँस महिला बचत तथा ॠण सहकारी संस्था महुलीकी अध्यक्ष कल्पना कोइराला, आसमान नेपालका जीबिभी अफिसर नवीन कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गर्दै महिलामाथिको आसमानता र विभेद अन्य गर्न महिला सशक्तीकरणमा जोड दिए ।
यसैगरी राष्ट्रिय कृषक समुह महासंघका रुपेश सदा,रामनारायण महतो,आधारभुत विद्यालय मोहनपुरकी शिक्षिका लक्ष्मी साही, पालिका स्तरीय बाल क्लबकी अध्यक्ष मेलिना चौधरी,,मावि घोघिदाहाकी शिक्षिका कौशल्या विश्वकर्मा, सिलाइकटाई प्रशिक्षक मिरा चौधरी, आमसोतकी सरिता योन्जन, पुरस्कृत सितादेवी सरदारलगायतकाले समतामूलक सम्मज निर्माण र महिला अधिकार सुनिश्चितता लागि निरन्तर दवाव मुलक कार्यक्रम गर्न आबश्यकता रहेको बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत विनिता साहद्वारा संचालित कार्यक्रममा स्वागत कृषि शाखा प्रमुख चन्द्ररेखा कुमारी चौधरीले गरेकी थिइन् भने टिपियू नेपालकी संगम विश्वकर्माले कार्यक्रमको उदेश्य बारे प्रकाश पारिन ।
आसमान नेपाल, टिपियू, सिएमसी नेपाल, कृषि समुह महासंघ , आमसोत सामुदायिक कृषि सहकारी संस्थालगायतको सहयोगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षिका, महिला संस्थाका प्रतिनिधि, बाल क्लब, पालिकाका महिला कर्मचारी तथा विभिन्न विद्यालयकी छात्राहरूको सहभागीता थियो ।