नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) मधेस प्रदेशको पाँचौ साधारणसभा सम्पन्न भएको छ । फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यान्त चौधरीको अध्यक्षता तथा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा बाराको कोल्हवीमा शनिबार आयोजित एक समारोहका वीच साधारण सम्पन्न भएको हो ।
साधारण सभामा प्रमुख अतिथि सभामुख मण्डल, विशिष्ट अतिथि फोनिज संघीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, महासचिव समीर बलामी, मधेस प्रदेश साँसदहरु त्रिलोकी चौधरी, देवनारायण चौधरी मन्जु थापा मगर , कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी फोनिज मधेस प्रदेश इन्चार्ज एवम् प्रेस सेन्टरका प्रदेश अध्यक्ष निरज पिठाकोटे, नेपाल प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, नागरिक उन्मुक्तिका प्रदेश अध्यक्ष रामचन्द्र चौधरी, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य राजु लो तामाङ, फोनिज धनुषा संयोजक अर्जुन कुमार मण्डल,देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारका दाता महेन्द्र प्रसाद चौधरीलगायतकाले मन्तव्य व्यक्त गरे ।
फोनिज मधेस प्रदेशका महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत फोनिज रौतहट अध्यक्ष विजेन्द्र कुमार श्रेष्ठ( यूभाष) ले गरे ।
उक्त समारोहमा फोनिज मधेस प्रदेशद्वारा स्थापना गरेको क्रिएटिभ क्रियाशिल पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारीता पुरस्कार समेत वितरण गरिएको थियो ।
पुरस्कारवाट चार जना पत्रकार सम्मानित भएका छन् । सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारीता पुरस्कार र क्रिएटिभ क्रियाशिल पत्रकारीता पुरस्कारबाट डम्बर राई र लक्ष्मी चौधरी पुरस्कृत भएका हुन् ।
देवनारायण गनिया स्मृति पत्रकारीताबाट पुरस्कृत पत्रकार श्रेष्ठ चार दशक अगाडि पत्रकारिता सुरु गरेका थिए । श्रेष्ठ राससमा कार्यरत छन् । भने त्यस्तै पुरस्कृत अर्का पत्रकार आले विगत ७ वर्षदेखि पत्रकारितामा संलग्न छन् । आले सामुदायिक रेडियो सर्लाहीमा कार्यरत छिन् । त्यसैगरी क्रिएटिभ क्रियाशिल पत्रकारीताबाट पुरस्कृत पत्रकार चौधरी एक दशक देखि पत्रकारीतामा निरन्तर कलम चलाउदै आएकिछिन् । चौधरी गोरखापत्र पत्रिकामा कार्यरत छिन् । भने राई दुई दशकदेखि पत्रकारिता सक्रिय रहि हाल पूर्वेली दृष्टि सप्ताहिकका सम्पादक हुन् । त्यसैगरी पब्लिक प्रेस दैनिकको सह सम्पादक समेत रहेको छन् ।
उनीहरु १० हजार राशी सहित सम्मान पत्र दोसल्ला, मालाद्वारा सम्मानित भएका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० कमल बाबु चौधरी संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारका संरक्षक रहेको छ । चौधरी पछिलो समय सामाजसेवीसँगै कुशल व्यवसायीको रुपमा समेत परिचित रहेको छ ।
त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरी प्रसाद चौधरी तथा महेन्द्र प्रसाद चौधरी रहेका छन् । दुबैजना चौधरी दाजुभाई हुन् । जोठो किशोरी प्रसाद चौधरी सरकारी वकिलबाट अवकास प्राप्त व्यक्ति हुन् । भने कान्छो महेन्द्र प्रसाद चौधरी कृषि वरिष्ठ अधिकृतबाट अवकास प्राप्त कुशल राष्ट्र सेवक कर्मचारी हुन् । दुबै दाजुभाईले आफ्नो बाबुआमाको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी विद्यालय स्थापना गरेका छन् ।
उक्त साधारणसभा सभाबाट महासचिव ,बृजमान तामाङद्वारा प्रस्तुत सागठनिक एवम् भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष ज्योति लामा तामाङद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मत पारित भएको थियो ।
साधारणसभाले पुन: दुष्यान्त चौधरीको नेतृत्वमा रहेका प्रदेश समितिलाई विस्तार गरि १७ सदस्यीय बनाइएको छ ।