• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा बिटाैरी-ब्लक जग्गा पीडितद्वारा प्रदर्शन

राजविराजमा बिटाैरी-ब्लक जग्गा पीडितद्वारा प्रदर्शन
 न्यूज टुडे
राजविराज, १५ फागुन ।
सप्तरीको राजविराजमा  बिहीवार बिटाैरी-ब्लक जग्गा पीडितले प्रदर्शन गरेको छ । नगरपालिकाभित्र स्थापनाकालदेखि बसाेवास गरिरहेका बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा माग्दै प्रदर्शन गरेकाे हो ।
राजविराज नगरबासी पीडित संघर्ष समितिकाे नेतृत्वमा बिटाैरी-ब्लक जग्गा पीडितले लालपुर्जा र नगरका विभिन्न समस्याहरु समाधानकाे माग गर्दै प्रदर्शन गरे।।
स्थानीय शिव मन्दिर प्रांगणबाट निस्किएको जुलुस राजविराज नगरकाे विभिन्न भागमा परिक्रमा गर्दै जनआन्दोलन चाैकमा पुगेर विरोध सभामा परिणत भएकाे थियाे ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले राजविराज नगरपालिका(सप्तरी सदरमुकाम) स्थापना हुनु अघि हनुमानगर जिल्ला सदरमुकाम रहेको तथा त्यतिबेलादेखि लगातार काेसी कटान हुँदा सदरमुकाम हनुमाननगर सारेर २०१६ सालमा राजविराज स्थापना गर्दा रु. ५०, हजार १ सय र १ सय ५० काे दरले किताकाट गरि स्थानीयलाई माल अड्डाले जग्गा उपलब्ध गराईएकाे बताए । साेही जग्गालाई बिटाैरी जग्गा भनिएकाे बताउँदै  बक्ताहरुले  अहिलेसम्म लालपुर्जा नपाउँदा आफुहरु ठूलो मारमा परेको गुनासो गरे । 
६० विघा बिटाैरी र १० विघा बल्क गरि मुलुकमै पहिलोपटक टाउन प्लानिंग गरि स्थापना गरिएकाे राजविराज नगरका बासिन्दालाई अहिलेसम्म लालपुर्जा उपलब्ध नगराउँदा समस्या भईरहेकाे पीडित नगरबासीकाे भनाई छ ।
उनीहरुले अविलम्ब लालपुर्जा उपलब्ध गराउन माग गर्दै  सात दिने चरणबद्व आन्दोलनबाट समेत सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।