पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवारन गाउँपालिका २ स्थित इटहर्वा बजारमा सोमबार सिडिओ र एसपी विरुद्ध मसाल जूलूस प्रदर्शन गरिएको छ । स्थानीय प्रमुख ६ दलको आव्हानमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई निलम्बन गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।
सडक अवकाश गरि कोणसभा गर्दै आन्दोलनकारीहरु । फोटो : न्यूज टुडे
सप्तरीका सिडिओ र एसपीलाई निलम्बन गर, सार्वजनिक सम्पत्ति संरक्षण गर, भुमाफिया मुर्दावाद, प्रहरी दमन मुर्दावाद लगायतका चर्को नारा लगाउँदै ६ दलका स्थानीय नेताकार्यकर्तासहित दर्जनौंको संख्यामा रहेका बजारबासीले मशाल जुलुस प्रदर्शन गरेका थिए ।
इटहर्वा बजार देखि निकालिएको मशाल जूलूस आमसोत पुलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारुले प्रहरी ज्याजतीको विरोध गरे । भु माफियासंग साँठगाँठ गरि सिडिओ र एसपीले ४० बर्ष अगाडि निर्माण गरेको संरचना डोजर लगाएर तोडफोड गरेको भन्दै उनले अविलम्ब निलम्बन गर्न माग गरे ।
१२ गते साँझ मशाल जूलूस प्रर्दर्शन, १३ गते पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गर्ने, १४ गते पत्रकार सम्मेलन गरि थप चरणबद्व आन्दोलन घोषणा गर्ने संघर्षको कार्यक्रम सार्वजनिक गर्दै उनले तीनदिन भित्र माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
आन्दोलनका कारण १० मिनेट सडक समेत अवरुद्ध भएको थियो ।