न्यूज टुडे
राजविराज, १२ फागुन ।
सप्तरीका सिडिओ भोला दाहाल र प्रहरी प्रमुख ढकेन्द्र खतिवडालाई निलम्बन गर्न सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका राजनीति पार्टीहरुले माग गरेको छ । गाउँपालिकाका प्रमुख राजनीतिक छ दलका प्रतिनिधिहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिडिओ र एसपीको ठाडो निर्देशनमा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै निलम्बन मागको माग गरेको हो । ।
मिति २०८१ /११ / १२ गते विहान ०५ बजे नियोजित ढंगबाट इटहर्वा बजारको संरचना तोडफोड गरि स्थानीयबासीमाथी गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको सर्वदलीय प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ४० बर्षदेखी बजारको विभिन्न संरचना निर्माण गरि हकभोग गरि रहेको जग्गा सिडिओ दाहाल र एसपी ढकालको ठाडो निर्देशनमा सार्वजनिक सम्पति माथि तोडफोड गर्नु विधिको शासन विपरीत रहेको ठहर गरेको छ ।
‘जनताको जीउ ज्यान र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने दायित्वलाई भुलेर कसैको उक्साहटमा घटना घटाउने मुख्य मोतियार सिडिओ दाहाल एसपी ढकाललाई अविलम्ब निलम्बन गर्न जोडदार माग गर्दछौ’ स्थानीय ६ दलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
छ दलद्वारा जारी प्रेस विज्ञप्तिमा ३ दिने चरणबद्व आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । फागुन १२ गते मसाल जुलुस प्रदर्शन गर्ने, १३ गते १ घण्टा चक्काजाम गर्ने र १४ गते पत्रकार सम्मेलन गरि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तीन दिन भित्र माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने छ दलले प्रेस विज्ञप्तिमार्फत चेतावनी समेत दिएका छ ।
प्रेस विज्ञप्तिमा नेपाली काँग्रेसका गाउँपालिका सचिव राम कुमार चौधरी, एमालेकी मधेस प्रदेश सदस्य एवम् गाउँपालिका इन्चार्ज सावित्री चौधरी, गाउँपालिका सचिव विनोद कुमार चौधरी,माओवादी केन्द्रका गाउँपालिका संयोजक बेचन प्रसाद चौधरी, जसपा नेपालका गाउँपालिका अध्यक्ष मिलन कुमार चौधरी, युवा जनमतका गाउँपालिका अध्यक्ष पञ्चदेव माझी र नागरिक उन्मुक्ति पार्टीका गाउँपालिका संयोजक लखनलाल चौधरीले हस्ताक्षर गरेका छन् ।।