सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुली-मोहनपुर पक्की सडक शिलान्यास गरिएको छ । अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ द्वारा महुलीमा शनिबार आयोजित एक समारोहका वीच सडक शिलान्यास गरिएको हो ।
सडक शिलान्यास समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
वडा नम्बर ६ का अध्यक्ष अशोक कुमार आचार्यको अध्यक्षतामा आयोजित एक समारोहका वीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबलकिशोर साहले भूमि पूजन गरि सडक शिलान्यास गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री साह, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ की पूर्व वडा अध्यक्ष कुशुम आचार्य, ५ का वडा अध्यक्ष श्रीप्रसाद यादवलगायतकाले मन्तव्य व्यक्त गरे ।
स्थानीय दुर्गाप्रसाद भट्टराईद्वारा संचालित कार्यक्रममा स्वागत प्रभुनाथ कोइरालाले गरे ।
१ करोड ८७ लाख १९ हजार २ सय ९५ रुपैयाको लागतमा निर्माण हुने उक्त सडक निर्माणको ठेक्का लिरुङ धुप्चेश्वर शुभम जेएन विदुर-१० नुवाकोटले पाएको छ ।
सडक निर्माण कार्य २०८१ फागुन ०६ देखि शुरु गरी २०८२ असार ३१ गते सम्पन्न गर्ने योजना छ ।