सप्तरीको राजविराजमा सोमबार राष्ट्रिय समाचार समिति(रासस)को ६४ औं स्थापना दिवस मनाएको छ । रासस जिल्ला कार्यालय सप्तरीका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षता तथा राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनको प्रमुख आतिथ्यमा एक समारोहका वीच स्थापना दिवस मनाइएको हो ।
‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले समाबेशी सिधाान्तलाई व्यानरमा सिमित नराखी व्यवहारमा देखिने गरि काम गर्नुपर्नेमा जोड दिए । राससले विभिन्न मातृभाषामा सेवा दिन शुरु गरेकोप्रति खुशी व्यक्त गर्दै वक्ताहरुले यसको दायरा फराकिलो पार्दै प्रभावकारी कार्यान्वयन नितान्त आबश्यक रहेको बताए ।
सम्मानित पूर्व राससकर्मी सहित अतिथिगण । फोटो : न्यूज टुडे
राससले संविधान प्रदत्त अधिकारलाई उपयोग गरि समावेशी पत्रकारिताको सिधाान्तलाई अगाडि बढाएको चर्चा गर्दै उनीहरुले विभिन्न संघर्षबाट प्राप्त संबैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र विरुद्ध पत्रकारहरुले थप जिम्मेवारी पूर्वक सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । बक्ताहरुले प्राप्त अधिकार गुम्ने खतरा रहेको आशंका व्यक्त गर्दै यसको संरक्षणका लागि एकजुट भएर दवाव सिर्जना गर्नुपर्ने आवश्यकता औलाए ।
सहभागी पत्रकारहरुले क्रियाशिल पत्रकारहरुलाई त्रसित पार्ने गरी स्थानीय प्रशासनले स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप बढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रहरीले पत्रकारहरुमाथि गरेको धरपकडले आतंकित बनाएकोले यस्ता क्रियाकलाप बन्द गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराए । पत्रकारले निष्पक्ष, विश्वासनीय, मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिदै उनीहरुले पत्रकारिता क्षेत्रमा पछिल्लो समय आएको विचलनप्रति चिन्ता व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै पूर्व राससकर्मी डम्बर राई । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि कार्यबाहक नगरप्रमुख परविन, जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य डा. सूर्यप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सल्लाहकार अवधेश कुमार झा, लेखक तथा सामाजिक अभियन्ता राजेश विद्रोहीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी रासस सिरहा कार्यालय प्रमुख सुदिप राउत, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति मुरलीप्रसाद यादव, विष्णु कुमार मण्डल, वरिष्ठ पत्रकार अनिल कुमार अनल, आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) सप्तरीका अध्यक्ष कृष्ण कुमार मण्डल, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य चन्दन कुमार यादव, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राईले आ-आफ्नो धारणा राखे ।
राससकर्मी उमेश कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत रासस सप्तरी प्रतिनिधि अरुण कुमार यादवले गरे ।
उक्त अवसरमा पूर्व राससककर्मीहरु अनिल कुमार अनल, मुरली प्रसाद यादव, डम्बर राई,गणेशलाल देवलगायतका आधादर्जन पूर्व राससकर्मी तथा ग्राहकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।