• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनमतसंग पार्टी एकता स्वागतयोग्य :  थारु
न्यूज टुडे
राजविराज, ०३ फागुन । 
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारुले जनमत पार्टीसंग पार्टी एकताको कुरा स्वागतयोग्य भएको बताएका छन् ।  नागरिक उन्मुक्ति पार्टीको चौथो स्थापना दिवसको अवसारमा सप्तरीको कठौनामा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
चौथो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै केन्द्रीय सचीव थारुले मुद्दा मिल्ने दलहरूसंग एकता गर्दा पार्टीको मात्र नभई देश र जनताको हितमा हुने बताए । उनले पछिल्लो समय जनमत पार्टीसंग एकताको लागि भएको पहल स्वागतयोग्य भएको बताए । 
नागरिक उन्मुक्ति पार्टी सप्तरीका वरिष्ठ सदस्य महेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा केन्द्रीय सचिब थारुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष टिकालक्ष्मी चौधरी,  केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरी, प्रदेश सदस्य: राम कुमार चौधरी,  खडक नगरपालिका अध्यक्ष : चिरञ्जीवी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
नागरिक उन्मुक्ति पार्टी जिल्ला समितिद्वारा आयोजित  कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका पूर्व सचिवालय सदस्य राज थारु गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको सभाहलमा सम्पन्न कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।