• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्कारपिओसहित ७ सय २६ केजी गाँजा बरामद

स्कारपिओसहित ७ सय २६ केजी गाँजा बरामद
न्यूज टुडे
राजबिराज , २६ माघ । 

सप्तरी प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शनिबार पत्रकार सम्मेलनमार्फत  ७ सय २६ किलो गाँजा बरामद भएको जानकारी गराएको हो ।

प्रहरीद्वारा बरामद गरेको गाँजा । फोटो : न्यूज टुडे

 

बाेदेबर्साइन नगरपालिका ३ स्थितबाट ७ सय २६ किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख  एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उक्त स्थानबाट प्रहरीले प्र-१-०२-००३च५८३४ नम्बरको एउटा स्करपिओ गाडी समेत बरामद गरेको उनले बताए । 
स्कारपियोभित्र बोरामा प्याक गरिएको उक्त गाँजा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको बताए ।  बरामद गाँजा कहाँबाट कसरी ल्याइएको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले बताए ।