न्यूज टुडे
राजविराज, २१ माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का राम कुमार लेखीले वडाका जनप्रतिनिधिहरुको दोहोरो चरीत्रले आफ्नो हकभोगमा रहेको जग्गाको धनीपुर्जा बन्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै लेखीले आफ्ना श्रीमती शान्तिदेवी चौधरीको नाममा नापी कार्यालयबाट खटेका टोलीले नाप नक्सा कायम गरेको गाउँ ब्लक जग्गा वडाको जनप्रतिनिधिहरुको दोहोरो चरीत्रले लालपुर्जा बन्न नसकेको आरोप लगाए । उनले एउटै जग्गाको सिफारिस ६ पटकसम्म गरेको बताउँदै वडाको गैरजिम्मेवारीले आफू मारमा परेको दुखेसो पोखे ।
‘आफुले हकभोग गरेको साविक बकधुवा गाविस वडा नम्बर ८ सिट नम्बर २ किनं.२ ‘ग’क्षेत्रफल ५३९.८० स्क्वायर बर्ग मीटर ब्लक जग्गा २०७२ सालमा आफ्ना श्रीमति शान्तिदेवीको नाममा नक्शा पास भएको छ’ उनले भने, नापी शाखाले वडा कार्यालयको सिफारिस माग बमोजिम वडा कार्यालयले एकल भोगचलन रहेको भनी सिफारिस दियो, तर फेरि त्यही व्यक्तिले आफै गरेको सिफारिस उल्टाउँदै दुइजनाको अंश लाग्ने भनी सिफारिस गरेर विवाद उत्पन्न गर्दा नापी शाखाले लालपुर्जा बनाउन आलटाल गरेको छ।”
बुवा कुनकुन लेखीको ३ भाइ छोरा मध्ये माइलाको मृत्यु भइसकेको तथा २०५७ सालमा अंश बण्डा पनि भइसकेको जानकारी दिदै उनले आफ्नो एकल हकभोगमा रहेको जग्गामा दाजु आशाराम लेखीको अंश दावीपछि वडा कार्यालयको विवादित सिफारिसले आफू सार्है अन्यायमा परेको बताए ।
जग्गामा आफ्नो एकल हकभोग रहेको दावी गर्दै उनले भोगचलनको आधारमा उक्त जग्गाको लालपुर्जा बनाउन सहयोगका लागि वडा कार्यालयसहित सरोकारवालाहरुलाई आग्रह गरे ।
उनका अनुसार तत्कालीन कार्यबाहक वडा अध्यक्ष सगुन पोखरेलले २०७८ /०९/ १२ गते शान्ति देवी चौधरीले भोगचलन गरेको भनी सिफारिस गरेको र ९ दिनपछि वडा अध्यक्ष कुसुम आचार्यले आशाराम र राम कुमारको अंश लाग्ने भनी सिफारिस गरेको छ भने कार्यबाहक वडा अध्यक्ष पोखरेलले २०७८/१२/ ०२ गते विपक्षीको प्रभावमा परी दुबैजना दाजुभाइको अंश लाग्ने भनी सिफारिस गरेको छ ।
यसैगरी नयाँ निर्वाचित भएर आएका अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका ६ का वडा अध्यक्ष अशोक कुमार आचार्यले शान्तिदेवीले परापूर्वकालदेखि भोगचलन गर्दै आएको गाउँ ब्लक जग्गा भनी सिफारिस दिएको थियो । अध्यक्षको सिफारिसलाई उल्टाउँदै कार्यबाहक वडा अध्यक्ष तेतर चौधरीले २०८०/०९/०१ गते दुईदाजु भाइको अंश लाग्ने सिफारिस गरेभने पछिल्लो पटक वडा अध्यक्ष अशोक आचार्यले २०८१//०९/२१ गते कार्यबाहक वडा अध्यक्षको सिफारिसलाई सदर गर्दै पुनः अर्को सिफारिस गरेको छ।
नापी टोलीले नापनक्शा समेत गरेको तथा२०८० /०९/ १६ गते शान्तिदेवी चौधरीको भोगचलन रहेको छ भनी प्रतिबेदन नापी शाखालाई बुझाइसक्दा पनि वडा जनप्रतिनिधिहरुको विवादास्पद सिफारिसले लालपुर्जा बन्न नसकेको लेखीको आरोप छ ।