• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मलाह संघद्वारा आन्दोलन घोषणा, माघ २५ गतेदेखि रिले अनशन

मलाह संघद्वारा आन्दोलन घोषणा, माघ २५ गतेदेखि रिले अनशन
न्यूज टुडे
राजविराज, ०७ माघ । 
नेपाल मलाह कल्याण संघद्वारा रिले अनशनसहित आन्दोलनको घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेको हो । 
२०६४ सालदेखि स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद प्रसाद कोइरालासहितका बर्तमान प्रधानमन्त्रीलाई पटकपटक ज्ञापनपत्र मार्फत मलाह जातिको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल मलह कल्याण संघका केन्द्रीय अध्यक्ष नारायण मुखियाले बताए । 
पछिल्लो समय पुस १८ गते विभिन्न २० बुँदे माग राखी जिल्ला  प्रशासन कार्यालय सप्तरी मार्फत पुस मसन्त सम्मको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको बताउँदै उनले आफुहरुको मागप्रति सरकार गम्भीर नभएकोले रिले अनशनसहितको आन्दोलनमा उत्रिएको बताए ।   
आन्दोलनका कार्यक्रम अनुसार  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित रहेको संघको केन्द्रीय कार्यालय अगाडि  माघ २५ गतेदेखि अनिश्चितकालीन रिले अनशन सुरु हुने केन्द्रीय सदस्य मधुकान्त मुखियाले बताए । 
आफुहरुले ६० बर्षदेखि सामाजिक सुरक्षा भत्ता खाइपाइ आएकोमा कटौती गरेको दिनदेखि फुकुवा गरी अविलम्ब  एकमुष्ट भुक्तानी दिनुपर्ने, आफुहरुको पेशागत सुरक्षा गर्नुपर्ने लगायतका २० बुँदे माग मलाह संघको छ । 
पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष अशोक कुमार मुखिया, सचिब सुखलाल मुखिया, सदस्य दशरथ मुखिया, सप्तरी अध्यक्ष पञ्चलाल मुखिया,सुनसरी अध्यक्ष नारायण मुखिया,मोरङ्ग अध्यक्ष विष्णु मलाह,झापा अध्यक्ष सहदेव मुखिया, जातीयअगुवा भोला प्रसाद मुखिया लगायतका उपस्थिति थियो ।