• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा मनाइयो बलिदानी दिवस, सहिद परिवारलाई सम्मान

राजविराजमा मनाइयो बलिदानी दिवस, सहिद परिवारलाई सम्मान
न्यूज टुडे
राजविराज, ०५ माघ । 
जसपा नेपाल सप्तरीद्वारा बलिदानी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । राजविराजमा शनिबार अन्तरक्रिया, सहिद परिवार सम्मान तथा दिपप्रज्वलन गरी जसपा नेपाल सप्तरीले बलिदानी दिवस मनाएको हो । 
सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्दै उपाध्यक्ष यादव । फोटो : न्यूज टुडे
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा सहिद परिवारको सदस्यहरुलाई सम्मान  गरिएको थियो । 
श्रद्धाञ्जली सभामा सहिद पिताम्बर मण्डलकी धर्मपत्नी सोमनी देबी मण्डल, सहिद राजिब राउतको धर्मपत्नी निलम राउतसहितका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
श्रद्धाञ्जली सभामा सहभागी जसपा नेपालका नेताकार्यकर्ता । फोटो :न्यूज टुडे
कार्यक्रममा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष एवम् 
राष्ट्रसभा सदस्य मृगेन्द्र सिंह यादव, केन्द्रिय सदस्यहरु बिकास तिवारी, शैलेश चौधरी, गिता यादव, अमरनाथ मण्डल, अशोक यादव, रमिला साह, प्रदेश कार्यकारिणी सदस्य मो. युसुफ अलि, प्रदेश सदस्य किशोर कुमार यादव केसी, बिनोद यादव, अमृत साफी, जिल्ला उपाध्यक्ष हरेराम यादव, जिल्ला उपसचिव शम्भु कुमार यादव , राजबिराज नपा वडा नं.-१ को वडा अध्यक्ष चन्द्रशेखर चौधरी , वडा -२ को अध्यक्ष अरुण कुमार यादव, वडा नं.-५ को अध्यक्ष बन्धुलाल दास, वडा नं.-१६ को अध्यक्ष राम अकवाल यादवले मन्तव्य व्यक्त गर्दै व्यवस्था परिवर्तनमा सहिदहरुले गरेको योगदानको चर्चा गरे  । 
यसैगरी समाजबादी विद्यार्थी युनियन नेपालको केन्द्रिय उपाध्यक्ष बिशेश्वर मण्डल, समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रिय सदस्य एवं सप्तरी संगठन बिभाग प्रमुख श्याम कुमार यादव, समाजवादी युवा संघ मधेस प्रदेश सचिव बिजय साह,समाजवादी युवा संघ सप्तरी जिल्ला उपाध्यक्ष शिकेन्द्र मण्डल, समाजवादी महिला संघ सप्तरीकी सदस्य ममता दास, लगायतले समेत मन्तव्य व्यक्त गरे ।