• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

मन्त्री लेखीद्वारा कोशी मेला महोत्सव उद्घाटन

मन्त्री लेखीद्वारा कोशी मेला महोत्सव उद्घाटन
उत्तम आचार्य
कञ्चनरुप , २८ पुस ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले कोशी मेला महोत्सव उद्घाटन  गरेका छन् । सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालको अध्यक्षतामा आइतबार आयोजित एक समारोहको वीच   मन्त्री लेखीले मेला महोत्सव उद्घाटन गरेका हुन् । 
सप्तरीको सप्तकोसी नगरपालिका अन्तर्गतको कोशी किनारमा  ऐतिहासिक कालखण्ड देखि बहुसंख्यक थारु समुदायले पुसी पुर्णिमाको दिन कोशी मेलाको रुपमा महोत्सव मनाउने मेग्जिन चौरीयाको 
उदघाटन समारोहमा मधेश प्रदेश नीति तथा योजना आयोगकी सदस्य.डा.शिला मिश्रा,गृह सचिब उद्वव प्रसाद रिजाल, मधेस प्रदेशका प्रहरी नायब महानिरिक्षक लालमणी आचार्य,सशस्त्र प्रहरी नायब महानिरिक्षक कालिदास धौवजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भोला दाहाल,नेपाली सेनाका साहयक रथि सुरेस हमाल,सहित सुरक्षा अधिकारीहरु लगायत स्थानीय जनप्रतिनिधी,मेला समितिका पदाधिकारी,स्थानियहरुको उपस्थिती रहेका थिए । 
गृहमन्त्री सहितको सुरक्षा अधिकारी हरुको टोलीले नेपालकै पहिलो चन्द्र नहरको अध्यन अवोलोकन समेत गरेको छ ।भोली  हुने कोशी मेलालाई लक्षित गरि सुरक्षा ब्यबस्था चुस्त दुरुस्त गरिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।