• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कानून व्यवसायीले बेलाबेलामा प्रशिक्षण लिदै गर्नुपर्छ: ज्ञवाली

कानून व्यवसायीले बेलाबेलामा प्रशिक्षण लिदै गर्नुपर्छ: ज्ञवाली
न्यूज टुडे
राजविराज, २७ पुस । 
उच्च अदालत राजविराज-जनकपुरका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले कानून व्यावसायीले निरन्तर प्रशिक्षणमा सहभागी भई  अपडेट हुनुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल कानून व्यवसायी परिषद् कुपण्डोल ललितपुर तथा मधेस प्रदेश कानून व्यावसायी परिषदद्वारा राजविराजमा शनिबार आयोजित १० दिवसीय मुलकी देवानी संहिता कार्यविधि प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा मञचासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
नवोदित कानून व्यावसायीको क्षमता अभिवृद्धिका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि ज्ञावालीले  कानून व्यवसायीहरुले बेलाबेलामा प्रशिक्षण लिनु जरुरी रहेको बताए ।
उनले कानून व्यवसायीले मुद्दाको उठाउन ठिक ढंगले गर्न सकेन भने व्यक्ति मात्र नभएर परिवार नै समाप्त हुने खतरा भएकोले यस विषयमा कानून व्यावसायी गम्भीर हुनुपर्नेमा जोड दिए । मुख्य न्यायाधीस ज्ञवालीले मुद्दा दर्ताको रेसियो भन्दा फर्छौट बढी भएको हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । उनले मुद्दा स्थगितलाई हामीले सर्वोच्चलाई जितेकोले यसमा सबै कानून व्यावसायीलाई गम्भीर बन्न आग्रह गरे ।
पानसमा बत्ती बालेर प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञवाली । फोटो : न्यूज टुडे
सप्तरी जिल्ला अदालतका जिल्ल न्यायाधीश दिपक कुमार दाहालले न्याय थाहा नभईकन भित्रभित्रै बिक्री हुँँदै आएकोले यस्तो प्रकृयामा सलग्नलाई खबरदारी गर्नुपर्ने बताए । उनले न्यायाधीशका नाम जोडेर गरिने आर्थिक चलखेलको अन्त्य हनुपर्नेमा जोड दिए।
उच्च बार ईकाईका अध्यक्ष हरेराम यादवले
बार र बेन्चको सम्बन्ध बिगार्न बिचौलियाहरूले चलखेल गर्दै आएको आरोप लगाए । उनले बिचौलियाले सप्तरीको न्यायक्षेत्रलाई पुनः बदनाम गर्न लागेकोले वकालत विश्वकै नोवेल प्रोरोफेसन भएकोले यसको गरिमालाई त्यहीँ अनुसार जोगाएर राख्न आग्रह गरे ।
‘पहिले वास्तविक न्यायाधीशलाई सप्तरी चाहिएको थियोे  । अहिले सप्तरीलाई अब्बल निष्पक्ष न्यायाधीश चाहिएको छ” अध्यक्ष यादवले भने, ‘सबैले न्यायलयको गरिमा जोगाएर सेवाग्राहीलाई कसरी निष्पक्ष सेवा दिनुपर्छ त्यतातर्फ ध्यानाकर्षण गर्न आवश्यक छ ।’
प्रशिक्षण कार्यक्रममा सहभागी कानून व्यवसायीहरु । फोटो : न्यूज टुडे
सेवाग्राही मुदाको चाप परिवारिक देवानी संहिता रहेको बताउँदै अध्यक्ष यादवले अधिवक्ताले सेवाग्राहीलाई उत्तम कोटीको सेवा दिने उदेश्यले पहिलो चरणमा यो तालिम दिएको र दोस्रो चरणमा फौजदारी कार्यविधि संहिता तालिम दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल कानुन व्यावसायी परिषद मधेस प्रदेशका सदस्य श्याम मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा उच्च बार ईकाईका पूर्व अध्यक्ष हेमनारायण चौधरी ,नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देव, अधिवक्ता बालकिशोर यादव लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
  उच्च अदालत  बार इकाईका सचिव राम कुमार यादवद्वारा संचालित कार्यक्रममा जिल्ला बारका अध्यक्ष कामेश्वर यादवले स्वागत तथा  कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । 
दश दिनसम्म संचालन हुने तालिममा ४४ जना अधिक्ताहरू सहभागी रहेका  छन् ।